सत्ता साझेदार दलहरुले नाम दिएपछि सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री देउवा

सत्ता साझेदार दलहरुले नाम दिएपछि सरकारले पूर्णता पाउँछः प्रधानमन्त्री देउवा


२२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ । आज नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले यस्तो बताउनुभएको हो ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले नाम दिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उहाँले बताउनुभयो । ‘एमाले (हालको एकीकृत समाजवादी), माओवादी मिलेर सरकार बनेको सबैलाई थाहा छ । उनीहरुसँग सल्लाह गर्नुपर्छ । उनीहरुले नाम पठाएपछि सरकारले पूर्णता पाउँछ’ देउवाले बैठकमा भन्नुभयो ।

गत असार ३२ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्र छ । सरकार गठनको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्ता हुन नसकेको भनी देउवाको आलोचना भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर