विभाजन रोजेकाहरूले औचित्य स्थापित गर्न सक्दैनन्ः सुवास नेम्वाङ

विभाजन रोजेकाहरूले औचित्य स्थापित गर्न सक्दैनन्ः सुवास नेम्वाङ


१८ भाद्र, काठमाण्डौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभाजन रोजेकाहरूले त्यसको औचित्य स्थापित गर्न नसक्ने दावी गर्नुभएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित पार्टी निकट कानून व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ–‘साथीहरूले विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् । अहिले नै प्रष्ट देखिएको छ, विभाजन स्थापित हुने छैनन् ।’ माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको बताउनुभयो । ‘माले फुटाउँदा कमसेकम राष्ट्रियताको प्रश्न थियो । तर, त्यसले पनि तानेन,’ नेम्वाङले भन्नुभयो ।

नेम्वाङले माधव नेपाल पक्षमा लागेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरू पनि विभाजनको विपक्षमा रहेको भन्दै उहाँले विभाजनप्रति प्रश्न उठाउनुभयो । ‘कमरेड माधवकुमार नेपालसँग रहेका स्थायी कमिटी र केन्द्रीय कमिटीका साथीहरूले विभाजनमा जानु हुँदैन भन्दा भन्दै सधैँ विधिको कुरा गर्ने कमरेड माधव नेपालले निर्वाचन आयोगमा दल विभाजन गर्न किन जानुभयो ?’ उहाँको प्रश्न थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर