
२० भाद्र, इलाम । झलनाथ खनाल निकट मानिने इलामका जनप्रतिनिधीहरु नेकपा (एस)मा नजाने भएका छन् । उनीहरुले १० बुदे सहमती कार्यन्वयन भए एमालेमै रहने संकेत गरेका छन् । यसका लागि हिजो शनिवार कार्यदल समेत गठन गरिएको छ । एमाले इलाम जिल्ला कमिटीको सचिवालय बैठकले जिल्ला अध्यक्ष राम रानाको संयोजकत्वमा ७ सदस्य कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यहरुमा महेश बस्नेत, गणेश बराल, कृष्णप्रसाद श्रेष्ठ, उदयबहादुर राई, रनबहादुर राई र चित्रकला बराईली छन् । यसमा उदय बहादुर राई, रनबहादुर राई र चित्रकला बराईली झलनाथ खनाल निकट मानिन्छन् ।
कार्यलद गठनका लागि बसेको एमाले इलामको सचिवालय बैठकले कार्यदल मार्फत जिल्लामा १० बुदे कार्यन्वय गर्ने निर्णय समेत गरेको छ ।
नेकपा (एस)का वरिष्ठ नेता खनाल निकट मानिने चित्रकला बराईली जिल्ला समन्वय समिती इलामका उपप्रमुख हुन् । त्यस्तै रणबहादुर राई सुर्योदय नगरपालिकाका प्रमुख, उदयबहादुर राई सन्दकपुर गाउँपालिकाका प्रमुख हुन् ।
खनाल निकटकै माईजोगमाई गाउँपालिकाका प्रमुख जित बहादुर राई पनि एमालेमै रहने बुझिएको छ । तर उनी कुन पार्टीमा जाने बारे खुलेका छैनन् । उता प्रदेशसभा सदस्य काजिमान कागते एमालेमै आएका छन् भने खिनु लंङ्वा लिम्बुले नेकपा (एस)मा सनखत गरिसकेकी छन् ।




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७