एमालेले आज देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै

एमालेले आज देशभरबाट १९९९ महाधिवेशन प्रतिनिधि चुन्दै


२७ कार्तिक, काठमाण्डौँ । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि आज शनिबार देशभरबाट प्रतिनिधि चुनिदैछन् । एमालले संगठित सदस्य संख्याका आधारमा देशभर एकै दिन एक हजार नौँ सय ९९ प्रतिनिधिहरू चयन गर्न लागिएको हो । उनीहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् ।

एमाले अध्यक्ष केपी शर्माले प्रतिनिधि छनोट उच्च समझदारीमा गर्न आह्वन गर्नुभएको छ । हिजो शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताउनुभएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनका चितवनमा हुँदैछ । एमालेले आज महाधिवेशन प्रतिनिधि चयन गर्ने मिति तोकेको भए पनि अधिकांश ठाउँमा हिजोदेखि नै प्रतिनिधि छनोट शुरु भएको छ । धेरै ठाउँमा सहमतिमै प्रतिनिधि घनोट भएका विवरणहरु आएका छन् ।

आज चयन भएका प्रतिनिधिको विवरण ३० गतेसम्म केन्द्रीय कार्यलयमा पठाइसक्नुपर्ने छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर