कांग्रेस झापाको सभापतिमा देउमान थेवे विजयी

कांग्रेस झापाको सभापतिमा देउमान थेवे विजयी


१२ मंसिर, झापा । नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेवे विजयी हुनुभएको छ । थेवे २५० मतान्तरले सभापति पदमा विजयी हुनुभएको हो । ािथै उहाँको प्यानलकै सबै उम्मेदवार विजयी भएका छन् ।

३ हजार ३ सय ११ मतमा थेवेले १७ सय ७५ मत प्राप्तगरी विजयी बनेको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी रामबहादुर कट्टेलले १५ सय १५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी थेवे प्यानलकै उपसभापतिमा केशवराज पाण्डेले सर्वाधिक मत ल्याएर विजयी हासिल गर्नुभएको छ । उहाँले १८ सय ८९ मत प्राप्त गर्नुभएको छ । अर्का विजयी उपसभापति शेरबहादुर भट्टराईले १६ सय ७४ मत प्राप्त गर्नुभएको छ । कट्टेल प्यानलका प्रेम सम्वाम्फेले १४ सय १५ र शम्शेर गिरीले १२ सय २१ मत प्राप्त गर्नुभएको ।

थेवे पक्षका सचिव पदमा उम्मेदवार नवीन विमलीले १८ सय ३८ र कृष्ण हुमागाईले १६ सय ७६ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँरूका प्रतिस्पर्धी विश्वदीप लिङदेनले १४ सय ३१ र टुमलाल राजवंशीले १३ सय २१ मत प्राप्त गरेका गर्नुभएको छ ।

उपसचिव पदमा थेवे पक्षकै कालेन्द्रप्रसाद राजवंशीले १७ सय ६५ र कमलप्रसाद भण्डारीले १६ सय ६० मत प्रातगरी विजयी बन्नुभएको छ । कोषाध्यक्ष पदमा भने मनोनित गर्ने विधान रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर