९ मंसिर, काठमाण्डौँ । प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । पूर्व मुख्यमन्त्री राईले सचिवमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।
अनेरास्ववियुमने विद्यार्थी राजनीतिबाट आउनुभएका नेता राईले चार कार्यकाल जिल्ला अध्यक्ष हुँदै नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिनुभएको थियो । पोलिब्टुयरो सदस्य समेत रहनुभए नेता राई प्रदेश १ को मुख्यमन्त्री बन्नुभएको थियो ।