२९ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।
महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (कोभिड-१९) विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल गरिएकाे हाे ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड-१९ महामारीविरुद्धको लडाइँका बारेमा छलफल गरेका हुन् ।