लकडाउन चाँडै हटाउँदा घातक हुन सक्छः डब्ल्यूएचओ प्रमुख टेड्रोस

लकडाउन चाँडै हटाउँदा घातक हुन सक्छः डब्ल्यूएचओ प्रमुख टेड्रोस

२९ चैत्र, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथामका लागी लगाईएको लकडाउन चाँडै हटाउँदा घातक हुने विश्व स्वास्थ्य संगठनका (डब्ल्यूएचओ) प्रमुख डा. टेड्रोस अदानोम घोव्रेयेससले चेतावनी दिएका छन् । व्रासिल्सको जेनेभा भर्चुअलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विभिन्न राष्ट्रले जारी गरेका लकडाउन छिटो हटाउन नहुनेमा जोड दिए ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्काे आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्ने रणनितीबारे सतर्क हुनु पर्ने बताए । केही यूरोपेली मुलुकहरुमा महामारी संक्रमितको संख्यामा कमि आए पनि अन्य मुलुकमा तीब्र गतिमा संक्रमण फैलिएको भन्दै सचेत रहनु पर्नेमा जोड दिए ।

हाल समय अफ्रिकाको ग्रामिण क्षेत्रमा महामारी तिव्र गतिमा फैलिरहेको छ । उता यूरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खुकुलो पारेपनि लकडाउन भने जारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर