२९ चैत्र, रोङ÷इलाम । इलामको पुर्वी दक्षिणी भागमा रहेको रोङ गाउँपालिकामा विपन्न तथा असाह्यहरुलाई राहत वितरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिन सरकारले तिन साता देखी लगाएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत सामाग्रीको रुपमा चामल, दाल, नुन, तेल जस्ता खाद्यन्न वितरण गरिएको हो ।
जम्मा ६ वटा वडा रहेको रोङ गाउँपालिकाले आज वडा नं. ६ का १९२ विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ । वडाध्यक्ष मनिकुमार स्याङ्वो सुवास तामाङका अनुसार वडामा रहेका विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर गुजारा टार्ने परिवारको पहिचान गरेर सो राहत सामाग्री वितरण गरिएको हो । उहाँका अनुसार एक व्यक्ति वरावर ५ केजी चामल, १ केजी नुन, एक लिटर तेल र हात धुने सावुन वितरण गरिएको छ । पारिवार संख्या जती भएपनि व्यक्तिको आधारमा राहत वितरण गरिएको उहाँले जनाउनुभयो ।
गाउँपालिकाले हिजो शुक्रवार वडा नं. ४ मा, अस्ति विहिवार वडा नं. ३ र ४ मा, वुधवार वडा नं. २ मा र मंलवार वडा नं. १ मा राहत सामाग्री वितरण गरेको थियो ।
स्मरण रहोस्ः केही दिन अगाडी मात्र रोङ गाउँपालिका वडा नं. ६ ले राहत वितरण गरेको तस्विर सामाजिक संञ्चालमा सार्वजनिक नगर्ने, नगराउने भनि निर्णय गरेको थियो ।