कास्कीमा एक व्यक्तिकाे काेराना परीक्षण पाेजेटिभ देखियाे

पाेखरा, २१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । पोखरामा भर्खरै मात्र ल्याब स्थापना भएको हाे । उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । अहिलेसम्म नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो,..

नेपालमा थप एक जनामा काेराेना देखियाे, संक्रमित संख्या ६ पुग्याे

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए । उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्। छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी..

चुलाचुलिको क्वारेन्टाइनलागि नेकपा चुलाचुली १ र २ वडा कमिटीले दियो जिन्सि सहयोग

१५ इलाम/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ र २ वडा कमिटीद्धारा सङ्कलीत सामाग्री आज गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र बिपद ब्यवस्थापन समिती सम्योजक तथा वडा न.१ का अध्यक्ष पुर्ण लावतिलाइ हस्तान्तरण गरिएको छ विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड १९ को सन्दर्भमा बिपद् ब्यवस्थापनका लागी भन्दै नेकपा वडा नम्बर न. १ र २ ले सङ्कलन गरेको सामाग्री पार्टीका जिल्ला सचिवालय सदस्य ओम नारायण खानलको हातबाट पालिका अध्यक्ष राई र समिती..

प्रधानमन्त्री ओली उपचारपछि शुक्रबार साँझ बालुवाटार फर्किए

  काठमाण्डाै ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका छन् । बिहीबार अचानक मुटुको समस्या देखिएपछि  अस्पताल भर्ना गरिएकाे थियाे । मुटुको धड्कन बढ्ने समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति ११ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओली २० घण्टाको अस्पताल बसाइपछि बालुवाटार फकिएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रो पटक मृगौला..

बिएण्सी हस्पिटल राज्यलाई दिने घाेषणा

बिर्तामोड, १४ चैत्र ।  कोरोना संक्रमितको उपचारका लागि झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेज यदि सरकारले चाहान्छ भने राज्यलाई दिन तयार रहेकाे बताएका छन् । बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले  एक विज्ञप्ती जारी गर्दै आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका हुन् । सो अस्पतालमा २५ बेडको भन्टिलेटर, एक सय बेडको आइसियु, ८ सय नर्मल बेड, एक सय पाँच जना डाक्टर, नाै सय..

चुलाचुलीमा कोरोनाको संक्रमण रोक्न उच्च सतर्कता, हेल्प डेस्क र क्वारेन्टाइनको स्थापना

१० चैत्र, झापा । इलामको चुलाचुलीमा कोरोना भाईरसको संक्रमण रोकथामका लागी साहयता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षमा दैनिक २ जना स्वास्थ्य कर्मीहरुले सेवा दिने बताईएको छ । चुलाचुलीका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालका अनुसार साहयता कक्षमा दुईवटा वेडको ब्यवस्था गरिएको छ । गाउँपालिकामा सेवा लिन आउने सेवाग्राही, जनप्रतिनिध तथा कर्मचारीहरुका लागि ह्ेल्प डेस्कमा तापक्रम जाच्ने ब्यवस्था गरिएको साथै हात धुनका लागि साबुन पानी तथा सेनिटाइजरको पनि प्रवन्ध..

कोरोना भाइरस संक्रमणबाट बच्न चुलाचुलीमा अनेरास्ववियूको सचेतना अभियान

१० चैत्र, इलाम । इलाम जिल्लाको कर्णाली भनिने चुलाचुली गाउँपालिकामा अनेरास्ववियूले कोरोना भाइसर संक्रमण बारे घरदैलो गर्दे सचेतना अभियान आज सम्पन्न गरेको छ । अनेरास्ववियू इलाम जिल्ला कमिटीको आयोजना तथा अनेरास्ववियू चुलाचुली गाउँ कमिटीको संयोजनमा चुलाचाचुलीका विकट गाउँका प्रत्येक घरमा गएर सो अभियान संञ्चालन गरिएको हो । चुलाचुली वडा नं. ३, ४ र ५ का माथिल्लो भेगमा रहेका गाउँमा गएर कोरोना भाइरस (कोभिड १९) सम्वन्धी सचेतना फैलाइएको अनेरास्ववियू इलामका नेता..

एक जना नेपाली महिला कोरोनाको संक्रमित भएको पुष्टि

१० चैत्र, झापा । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी महिलामा कोरोना भाइरसको संक्रमण पाइएको पुष्टि भएको छ । काठमाण्डौँ स्थित टेकु केन्द्रीय प्रयोगशालाको परीक्षणमा नै यस्तो पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सबाट फर्किएका एक जना महिलामा कोरोनाको संक्रमण भएको पाईएको जानकारी दिएको हो । ती महिलाको आइसोलेसनमा राखेर काठमाण्डौँ स्थित शुक्रराज..

कोरोना संक्रमणको प्रभावः झापाका वजारहरु धमाधम बन्द हुँदै

९ चैत्र, झापा । छिमेकी राष्ट्र चिनबाट विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को असर झापाको वजारहरुमा पनि पर्न थालेको छ । अहिलेसम्म कोरोना भइरस संक्रमित ब्यक्ति नभेटिए पनि अग्रिम सर्तकता अपनाउदै झापाका बजारहरु धमाधम बन्द हुन थालेका छन् । जिल्लाको मुख्य बजार मानिने विर्तामोड बजारलाई आगामी चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई आग्रह गरीसकेको छ । नेपालमा कोरोना भाइसको संक्रमण नफैलियोस भन्दै सरकारले..

ठूलो परिणाममा लुकाई राखेको मास्क र सेनिटाइजर बरामद

९ चैत्र, मोरङ । कोरोना भाइरस संक्रमण क्रासका कारण बजारमा मास्क अभाब भइरहेको बेला मोरङको विराटनगर–९ बाट ठूलो परिणाममा मास्क बरामद भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले आज विराटनगर वडा नं. ९ घोघापुल चौकमा रहेको सुर्जी इन्पेस्कबाट मास्क बरामद गरेको हो । केडिकल संञ्चालक राजेश अग्रवालको औषधी पसलबाट ११ हजार ३५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य..