समाचार
फाकफोक खोलामा आएको वाढीले जलाउदै गरेको शव सहित एक वालकलाई बगायो, वालकको मृत्यु
१५ वैशाख, इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै आएको बाढीले चिता’को शव सहित एक वालकलाई बगाएको छ । हिजो सुंगुरको चारो खोज्न जाने क्रममा चिप्लिएर लडेर मृत्युभएका फाकफोकथुम–३ सल्लेरीका रामबहादुर लकान्द्रीको दाहसंस्कार गर्दा गर्दे खोलामा वाढी आएको थियो । वाढीले चितामा राखिएको शव बगाएको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरु) ले जानकारी दिनुभयो । चितामा राखेर जलाईदैँ गरेको शव जल्न नपाइ नै बाढीले बगाएपछि खोजतलास गरी पुन..
बावुराम भट्राईले प्रधानमन्त्री माथी अमर्यादित शब्द प्रयोग गरेको भन्दै रेडियो नेपालको विज्ञप्ति
१५ वैशाख, काठमाण्डौँ । पुर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता डा. बावुराम भट्राईले प्रधानमन्त्री केपी शर्मा ओली माथी ‘लाईभ’ कार्यक्रममा अमर्यादित शब्द प्रयोग गरेको भन्दै रेडियो नेपालले दुःख ब्यक्त गरेको छ । रेडियो प्रसारण सेवा विकाश समिती (रेडियो नेपाल)ले आज एक विज्ञप्ति जारी गर्दे दुःख व्यक्त गरेको हो । स्रोतका अनुसार रेडियो नेपालबाट प्रत्येक विहान ६ः३० बजे ‘लाईभ’ प्रसारण हुने कार्यक्रम अन्तरसम्वादमा आज समाचार महाशाखा प्रमुख डा...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्य
१५ वैशाख, सुनसरी । सुनसरीको धरान दुर्गा चौकमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । मोटसाईकल दुर्घटनामा परेर धरान १६ का २४ वर्षिय विशाल घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिनुभयो । को ३४ प १०३९ नम्बरको मोटरसाईकलमा आमाको जन्मदिनका लागि सामान किन्न जाँदै उनी दुर्घटनामा परेका थिए । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य..
चिप्लिएर लड्दा इलाममा एक जनाको मृत्यु
१४ वैशाख, इलाम । इलाममा आज एक जनाको ढुङ्गामा चिप्लिएर लडेर मृत्यु भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका–३ सल्लेरीका ४० बर्षीय रामबहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको हो । दिउँसो पाउने १ बजे आफ्नै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा उनी ढुङ्गामा चिप्लिएर लडेका थिए । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । घटनाको सम्बन्ध बारेमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ..
सांसद एलपी सावाँको अगुवाईमा काठमाण्डौँबाट दुई सय जना झापावासीको उद्धार
१३ वैशाख, झापा । लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेका झापावासीलाई झापा क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य एलपी सावाँले उद्धार गरी गृह जिल्ला ल्याउनुभएको छ । अतिनै अफ्ठ्यारोमा परेका नागरिकलाई उहाँले शुक्रबार(हिजो) राति १ बजे ७ वटा गाडिबाट झापा ल्याउनुभएको हो । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका झापावासीलाई घरसम्म जान सहयोग गरेको उहाँ बताउनुहुन्छ । “म बिहीवारसम्म झापामै थिएँ । तर चुनावमा जिताएर पठाएका जनता अलपत्र परेको बेला केही..
काठमाडौँमा अलपत्र परेका धरानेहरुलाई उद्धार गर्दे धरान उपमहानगरपालिका, आज ३८ जनाको उद्धार
११ वैशाख, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले काठमाडौँबाट धरानवासीलाई उद्धार गरी गृहनगरसम्म ल्याउन सुरु गरेको छ । विहीबार(आज) पहिलो चरणमा ४ जना बालबाालिका सहित ३८ जनालाई काठमाडौँबाट धरान ल्याईपुर्याएको उपमहानगरका उद्धार समिति संयोजक मनोज भट्टराईले जानकारी दिनुभयो । पहिलो चरणमा उद्धार गरिएकाहरू धरान ४, ५, १३, १७ र २० नम्बर वडाका रहेको बताईएको छ । उनीहरूलाई बस रिजर्भ गरेर धरान ल्याईपुर्याइएको हो । धरान उपमहानगरपालिका र धरान काठमाडौँ सरोकार समाजको..
भारतसँग सीमा जोडिएका इलामका सीमावर्ती क्षेत्रमा १८ अस्थायी प्रहरी चौकी स्थापना
११ वैशाख, इलाम । भारतसँग सीमा जोडिएका इलामका सीमावर्ती क्षेत्रहरुमा शुरक्षा सर्तकता बढाईएको छ । भारतसंग सिमा जोडिएका इलामका १८ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चौकी राखिएको जिल्ला प्रसासन कार्यलय इलामले जनाएको छ । लकडाउनका समयमा पनि भारत र नेपालमा लुकिछिपी मानिसको आवतजावत भइरहेकाले चौकी राखिएको हो । खुल्ला सीमा भएका कारण भारतबाट धेरै मानिस लुकिछिपि आएकाले सीमा क्षेत्रका नेपाली चिन्तित थिए । भारतसँग सीमा जोडिएको इलामको साढे ५२ किलोमिटर क्षेत्रका..
भ्रमको पछाडि नलाग्न नेकपा इलामको आग्रह
१० बैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामले पार्टी नेतृत्व र निर्णयका विरुद्धमा फैलाइने भ्रमको पछाडि नलाग्न सिंगो कार्यकर्ता तथा मातहतका भातृ संगठनहरुलाई आग्रह गरेको छ । नेकपाको ७१औं स्थापना दिवस तथा लेनीन जयन्तीको अवसरमा शुभकामना सन्देश दिन जिल्ला कमिटी अध्यक्ष एवं १ नं. प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरद्वारा जारी प्रेस वक्तव्यमा पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेलामा अनर्गल प्रचारको पछाडि..
झापा क्षेत्र नं ४ का सांसद साँवाद्धारा १४ हजार मेडिकेटेड मास्क र सेनिटाइजर बितरण
१० बैशाख, झापा । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाले आफ्नो निर्वाचन क्षेत्रमा १४ हजार थान मेडिकेटेड मास्क र सेनिटाइजर बितरण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने एक गाउँपालकासहित २ वटा नगरपालिकालाई सो स्वास्थ्य सामाग्री उहाँले वितरण गर्नुभएको हो । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न तीनै तहका सरकारले गरेका अभियान अन्तर्गत सांसद साँवाले आफ्नो निर्वाचन क्षेत्रका सवै पालिकाहरुमा स्वास्थ्य सुरक्षा सामाग्रीहरु बितरण गर्नुभएको हो ।..
सुनसरीको चारकोसे जंगल क्षेत्रबाट ११ जना भारतीय नियन्त्रणमा
९ वैशाख, सुनसरी । सुनसरीको चारकोसे जंगल क्षेत्रबाट ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । तरहरा प्रहरी चौकीका अनुसार तरहराको चारकोशे झाडी क्षेत्रमा गए राती ११ जना भारतीय नागरिक पैदल हिडी रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । फेला परेका मानिसहरु सबै भारतका मुस्लिम समुदाय रहेको र तरहराको खोटो कम्पनी छेउमा करीब एक महिनादेखि बस्दै आएका प्रहरीले जनाएको छ । उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको छ । उनीहरुको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७