मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्य

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्य

१५ वैशाख, सुनसरी । सुनसरीको धरान दुर्गा चौकमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

मोटसाईकल दुर्घटनामा परेर धरान १६ का २४ वर्षिय विशाल घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिनुभयो ।

को ३४ प १०३९ नम्बरको मोटरसाईकलमा आमाको जन्मदिनका लागि सामान किन्न जाँदै उनी दुर्घटनामा परेका थिए । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर