बावुराम भट्राईले प्रधानमन्त्री माथी अमर्यादित शब्द प्रयोग गरेको भन्दै रेडियो नेपालको विज्ञप्ति

बावुराम भट्राईले प्रधानमन्त्री माथी अमर्यादित शब्द प्रयोग गरेको भन्दै रेडियो नेपालको विज्ञप्ति

१५ वैशाख, काठमाण्डौँ । पुर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका नेता डा. बावुराम भट्राईले प्रधानमन्त्री केपी शर्मा ओली माथी ‘लाईभ’ कार्यक्रममा अमर्यादित शब्द प्रयोग गरेको भन्दै रेडियो नेपालले दुःख ब्यक्त गरेको छ । रेडियो प्रसारण सेवा विकाश समिती (रेडियो नेपाल)ले आज एक विज्ञप्ति जारी गर्दे दुःख व्यक्त गरेको हो ।

स्रोतका अनुसार रेडियो नेपालबाट प्रत्येक विहान ६ः३० बजे ‘लाईभ’ प्रसारण हुने कार्यक्रम अन्तरसम्वादमा आज समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल संग कुरा गर्दा डा. भट्राईले प्रधानमन्त्री ओली लक्षित अमर्यदित शव्द प्रयोग गरेका थिए ।

समितीका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छः “डा. भट्राईले प्रधानमन्त्री ओली लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई अत्यन्त दुःखी तुल्याएको छ । ‘लाईभ’ प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौँ ।”

साथै रेडियो नेपालले आउदो दिनमा अथिति चयनमा विशेष ध्यान दिने पनि सोही विज्ञप्ति मार्फत जनाएको छ ।

https://grihakhabar.com/wp-content/uploads/2020/04/विज्ञप्ति.jpg

प्रतिक्रिया:

सम्बन्धित खवर