१३ वैशाख, झापा । लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेका झापावासीलाई झापा क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य एलपी सावाँले उद्धार गरी गृह जिल्ला ल्याउनुभएको छ । अतिनै अफ्ठ्यारोमा परेका नागरिकलाई उहाँले शुक्रबार(हिजो) राति १ बजे ७ वटा गाडिबाट झापा ल्याउनुभएको हो ।
लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका झापावासीलाई घरसम्म जान सहयोग गरेको उहाँ बताउनुहुन्छ । “म बिहीवारसम्म झापामै थिएँ । तर चुनावमा जिताएर पठाएका जनता अलपत्र परेको बेला केही गर्न सकिएन भने उहाँहरुको नजरमा नराम्रो भइन्छ भनेर म काठमाण्डौँ आए । अनि गाडीको बन्दोबस्त गरेर उहाँहरुलाई घर पठाएको हो ।” उहाँले भन्नुभयो ।
झापाका करीव २ सय जनालाई ७ वटा गाडिबाट गृह जिल्ला ल्याईएको हो ।