सुनसरीको चारकोसे जंगल क्षेत्रबाट ११ जना भारतीय नियन्त्रणमा

सुनसरीको चारकोसे जंगल क्षेत्रबाट ११ जना भारतीय नियन्त्रणमा

९ वैशाख, सुनसरी । सुनसरीको चारकोसे जंगल क्षेत्रबाट ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । तरहरा प्रहरी चौकीका अनुसार तरहराको चारकोशे झाडी क्षेत्रमा गए राती ११ जना भारतीय नागरिक पैदल हिडी रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

फेला परेका मानिसहरु सबै भारतका मुस्लिम समुदाय रहेको र तरहराको खोटो कम्पनी छेउमा करीब एक महिनादेखि बस्दै आएका प्रहरीले जनाएको छ ।

उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको छ । उनीहरुको र्यापिट टेष्ट गरी क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर