कोरोना संक्रमण जोखिमको हिसाबले १४ स्थानमा भारत

२८ बैशाख, काठमाडौ । भारत यतिबेला कोरोना संक्रमण जोखिमको हिसाबले १४ स्थानमा देखिएको छ । भारतमा ६२ हजार ८ सय ८ जना संक्रमित पुगेको छ भने २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वमा हालसम्म २ लाख ८० हजार ४ सय ४५ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट विश्वमा ४१ लाख एक हजार ९ सय ८३ जना संक्रमित भइसकेको छ ।..

भारतले नेपाली भुमी कालापानी लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्दा सरकार किन बोल्दैन ?

२७ वैशाख, काठमाण्डौँ । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहँदा भारतले नेपाली भुमि कालापानी, लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाललाई कुनै जानकारी नै नदिई हिजो यो सडक खोलिएपनि सरकारको कुनै धारणा सार्वजनिक भएको छैन । त्रिदेशीय सीमामा पर्ने लिपुलेकको विवादमा २०७२ सालमा नेपाललाई बेवास्ता गरेर भारत र चीनले सम्झौता गरेका थिए । त्यतिबेला नेपाल महाभूकम्पको मारमा परेको थियो । दुई देशले लिपुलेकको विषयमा..

नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

२७ बैशाख, काठमाडौ। नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । आज शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौ र कोशी अस्पताल, बिराटनगरको प्रयोगशालामा गरिएको परिक्षण अनुसार कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । उदपयपुरको भुल्के निवासी १८, ४५ र..

कमल-५ पाडाजुङीमा आज साझ दुर्घटना हुँदा चुलाचुलीका एक युवकको मृत्यु

२६ वैशाख, इलाम । पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ मा अहिले साझ सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकले गृहखबरलाई जानकारी दिएको छ । प्रहरी कार्यलय दमकका अनुसार बा ४२ प ९७७० नम्बरको मोटरसाईकल र ना ६ ख ५४०१ नम्बरको ट्रक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार इलाम चुलाचुली गाउँपालिका–४ आईतवारेका रणबहादुर लिम्बूको मृत्यु भएको हो । मोटरसाईकल चालक अन्दाजी..

कमल–५ पाडाजुङीमा आज साझ दुर्घटना हुँदा चुलाचुलीका एक युवकको मृत्यु

२६ वैशाख, इलाम । पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ मा अहिले साझ सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकले गृहखबरलाई जानकारी दिएको छ । प्रहरी कार्यलय दमकका अनुसार बा ४२ प ९७७० नम्बरको मोटरसाईकल र ना ६ ख ५४०१ नम्बरको ट्रक आपसमा ठक्कर खादा मोटरसाईकलमा सवार इलाम चुलाचुली गाउँपालिका–४ आईतवारेका रणबहादुर लिम्बूको मृत्यु भएको हो । मोटरसाईकल चालक अन्दाजी..

स्वदेश फिर्तीको माग गर्दै सिंहदरवार अगाडी चिनिया नागरीकको धर्ना, प्रहरी संग झडप

२६ वैशाख, काठमाण्डौँ । सिंहदरवार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारमा धर्ना दिन पुगेका चिनियाँ नागरिकले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । काठमाडौँ प्रहरीका अनुसार झडपका क्रममा चिनियाँ नागरिकहरुले ढुंगामुढा गरेका थिए । झडपमा महानगरी प्रहरी वृत्त सिंहदरवारका डिएसपी हरि बस्नेतसहित थप एक जना प्रहरी घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ । केही चिनियाँ नागरिक पनि..

स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर संसद बैठकको तयारी पुरा

२६ वैशाख, काठमाण्डौँ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक शुरु गर्नुपर्ने आवश्यकता छ । बैठकका लागि कोरोनाको जोखिम हुन नदिन आवश्यक सबै मापदण्ड पूरा गरिएको छ ।” सञ्चारकर्मीसँगको भेटमा आज उहाँले विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरेका मापदण्ड पूरा गरी स्वास्थ्य क्षेत्रका..

पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने उच्चस्तरीय समितिको निर्णय

२३ वैशाख, काठमाण्डौँ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो । बिडारीले कोरोना रोक्नका लागि शसक्त भएर लाग्ने निर्णय भएको..

एक करोड ९ लाख अवैध भारतीय नोट सहित विराटनगरबाट दुई जना पक्राउ

२३ वैशाख, झापा । विराटनगर भन्सार कार्यालयबाट १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान..

सुनसरीका सामुदायिक विद्यालयहरुलाई सेभ द अर्थको सहजीकरणमा स्वास्थ्य सामाग्री सहयोग

२२ वैशाख, सुनसरी । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थ नामक संस्थाले सुनसरीका स्थानियतहहरुमा रहेका सामुदायिक विद्यालयहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । हाल लकडाउन कारण विद्यालहरु वन्द रहे पनि लकडाउन खुले संगै विद्यालयहरु खुलेपछि विद्यार्थीहरु कोरोना संक्रमणबाट सम्वेदनशिल रहने भएको हँुदा विद्यार्थीका लागि स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको जनाइएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा सेभ द अर्थको सहजीकरणमा सेनिटाईजर, ग्लोब्स, मास्क लगायतका स्वास्थ्य सामाग्री..