समाचार
नेपाली सेनाले ३४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याउने तयारी
काठमाडौं, ७ बैशाख । स्वास्थ्य सामग्री खरिद गर्न जिम्मा पाएकाे नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौतापत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो । पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ । चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौँ’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘कति रकम पठाउने र कुन विधिबाट पठाउने भन्ने भोलि नै टुंगो..
माङसेबुङ गाउँपालिका ५ मा राहत वितरण, याेसँगै सबै वडामा वितरण सम्पन्न
माङसेबुङ, ७ बैशाख : लगत संकलनका क्रममा भएको विवादका कारण माङसेबुङ गाउँपालिका ५ मा स्थगित भएको संगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई राहत वितरण आइतबार गरिएको छ । वडा नं. ५ मा वितरणसँगै गाउँपालिकाका सबै वडाहरूमा राहत वितरण सम्पन्न भएकाे हाे । गाउँपालिकाले दिएको निर्देशन अनुसार यसअघि वडाले सिफारिस गरेको नामावली सच्याएसँगै आइतबार राहत वितरण गरिएको हो । माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईसहित..
लकडाउनको २७ औँ दिनः ३१ जना संक्रमित, ३ जना निको भए
७ बैशाख, काठमाडौँ । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको (कोभिड १९)को संक्रमण हुन नदिन सरकारले गरेको लकडाउन आज २७ औँ दिनमा छ । यसबीचमा गरिएको कोरोना भाइरस संक्रमण परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ । त्यसमा संक्रमित मध्ये तीन जना सफल उपचारपछि घर फर्किसकेका छन् । निको भएर घर फर्किनेमा काठमाडौं र बाग्लुङकी एक–एक जना महिलाहरु रहेका छन् । एक जना भने त्यसअघि नै निको भएर घर गैसकेको थिए..
निकाे भएकाे व्यक्तिमा फेरि काेराेना लाग्दैन भन्ने प्रमाण छैन – डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (WHO)ले कोरोना भाइरस लागेर निको भएका व्यक्तिमा फेरि दोस्रो पटक कोरोना संक्रमण हुँदैन भन्ने कुनै प्रमाण अहिलेसम्म फेला नपरेको जनाएको छ । डेलिमेलका अनुसार डब्ल्युएचओले एन्टिबडीका लागि ठूलो रकम लगानी गर्न थालेका विभिन्न देशलाई चेतावनी दिदै कोरोना संक्रमित व्यक्तिको इम्युनिटीको कुनै ग्यारेन्टी गर्न नसकिएको प्रष्टिकरण दिएको छ । संसारका विभिन्न देशका विशेषज्ञले एक पटक कोरोना संक्रमण भएपछि दोस्रो पटक फेरि नहुँने बताएका थिए । दक्षिण कोरियामा..
काठमाडाै महानगरले बिदेशबाट आएका नागरिकहरुको र्यापिड टेष्ट सुरु गर्दै
काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड डाइग्नेाष्टिक टेष्ट थालेको छ । काेराेना संक्रमणकाे जाेखिम बढेपछि विभिन्न मुलुकबाट आएर महानगरपालिकाभित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको हाे छ । विदेशबाट आएका व्यक्ति भन्ने बित्तिकै त्रास फैलिरहेकाेले परीक्षण गर्ने सुरु गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने..
काेराेनाका कारण अमेरिकामा १० नेपालीकाे मृत्यु
काठमाडाै, ७ बैशाख । अमेरिकामा कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अाधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले..
अनेरास्ववियूद्वारा विद्यार्थीहरूलाई खाद्यान्न वितरण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ । काेराेना भाइरस कोभिड–१९ को राेकथाम तथा नियन्त्रणका लागि जोखिम हुन नदिन लकडाउनले गर्दा समस्यमा परेका विद्यार्थीहरूलाइ खाद्यान्न वितरण गरेकाे हाे । विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए । उनले लकडाउनका कारण घर जान नपाएका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अहिले खानाका..
बजार अनुगमनमा म्याद सकिएकाे खाद्यवस्तु भेटिए
बाग्लुङ, ७ बैशाख । बाग्लुङकाे ताराखाेला गाउँपालिकाले बजार अनुगमन गर्दा म्याद गुज्रिएका खाद्यान्न फेला पारेको छ । लकडाउनको समयमा कालोबजारी मौलाएको र मूल्यवृद्धि भएको गुनासो आउन थालेपछि ताराखोला गाउँपालिकाले बजार अनुगमन थालेको हाे । ताराखोला गाउँपालिका–५ मा शनिबार गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यान्न तथा पेयपदार्थ फेला परेका हुन् । गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रमुख र स्वास्थ्य शाखा प्रमुखसहित बजार अनुगमनमा निस्किएको टोलीले म्याद गुज्रेका खाद्य..
कोरोना संक्रमणबारे अफवाह फैलाउने इलामका एक युवक पक्राउ
७ बैशाख, इलाम । इलाम जिल्लामा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक संञ्जालमा अफवाह फैलाउने एक युवक पक्राउ परेका छन । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले हिजो शनिवार पक्राउ गरेको हो । इलाम नगरपालिका वडा नं. ५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेरका थिए । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीका अनुसार शुक्रबार लिम्बूले बिब्ल्याँटेमा कोरोना..
काेराेना भाइरसका कारण विश्वमा १ लाख ६० हजार ७ सय ६७ जनाकाे मृत्यु
काठमाडाै, ७ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख ६० हजार ७ सय ६७ जनाकाे मृत्यु भइसकेकाे छ । हालसम्म २३ लाख ३२ हजार ४ जनामा काेराेना संक्रमण देखिएकाे छ । जसमा ५ लाख ९७ हजार २ सय २० जना करिब २५. ६१ प्रतिशत काेराेना संक्रमित निकाे भइसकेका छन् । विश्वमा काेराेना संक्रमण संख्या दिनप्रतिदिन बढ्दै गइरहेकाे छ । अमेरिकामा मात्र ३९ हजार १५ जनाकाे काेराेनाका कारण मृत्यु..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७