समाचार
मकैमा फैजि किराको प्रकोप, किसान चिन्तित
६ बैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएपछि किसान चिन्तित बनेका छन् । केही सातायता फैलिएको फौजी किराको प्रकोपले नगरको वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका क्षेत्रमा धेरै असर पुर्याको छ । बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसे असपासका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको वडा नं. ४ का वडाध्यक्ष डिल्लीकुमार..
नेपालमा एकै दिनमा १४ जना कोरोना संक्रमित भेटीए, संक्रमित संख्या ३० पुग्यो
५ बैशाख, काठमाण्डौँ । नेपालमा एकै दिन १४ जनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । आज उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जना र चितवनका २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरमा भेटिएका १२ जना भारतीय व्यक्ति कोरोना संक्रमित पुष्टि भएको आफूलाई जानकारी आएको बताउनुभएको छ । यस्तै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा..
वीपी प्रतिष्ठान धरानमा एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बन्दै
बैशाख ५ गते । विश्वभरी महारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको त्रास बढेसंगै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक सय बेडको आइसोलेसन सहितको कोरोना उपचार केन्द्र बनाउने भएको छ । त्यसका लागि प्रतिष्ठानको पूर्व तर्फ रहेको पूर्नस्थापना केन्द्रलाई कोरोना उपचार केन्द्रको रुपमा छुट्टै व्यवस्थापन गर्न लागिएको बताइएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका अनुसार सय आइसोलेन बेडमा १० वटा आइसियु बेडको व्यवस्था गरिने छ । हाल..
दुहवी नगरपालिकाको राहत कोषमा प्रदेश सांसद बस्नेतद्धारा खाद्यान्न सहयोग
५ बैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई प्रदेश नं. १ का सांसद निलम बस्नेतले खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । सांसद बस्नेतले दुहवी नगरपालिकाको राहत कोषका लागी खाद्यान्न सामग्री नगर प्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गर्नुभएको हो । विश्व महामारीको रुपमा फैलिदै गएको कोभिड–१९ को संम्भावित संक्रमणको जोखीमलाई लिएर सरकारले करिव तिन साता देखी लकडाउन लगाएको छ । लकडाउनको समयमा गरीब र न्युन आय भएका वर्गकालागि राहत मिलोस भन्ने ध्येयका साथ..
औषधीजन्य बस्तुमा ठगी गर्ने मेडिकललाई दुई लाख जरिवाना
५ बैशाख, नेपालगन्ज । लकडानको बेला औषधीजन्य बस्तु तोकिएको भन्दा महंगो मुल्यमा विक्रि गरेको भन्दै बाँकेको नेपालगन्जमा रहेको हिल्स मेडी सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । संयक्त बजार अनुगमन टोलीले अनुगमनका क्रममा तोकिएभन्दा बढी मुल्यमा ह्याण्डवास, स्यानीटाइजर जस्ता सामानहरु बिक्री गरेको पाएपछि जरिवाना गरेको हो । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड..
तिन साता लामो लकडाउनका कारण च्याउ कृषक मर्कामा
५ बैशाख, झापा । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संम्भावित सङ्क्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनका कारण झापाका च्याउ किसान मर्कामा परेका छन् । लाखौं रुपैयाँको लगानीमा गरिएको खेतीबाट उत्पादन भएका च्याउ लकडाउनका कारण बजारसम्म पुर्याउन नसक्दा उनीहरु मर्कामा परेका हुन् । च्याउ उत्पादक किसान सङ्घ झापाका संयोजक ज्ञानेन्द्र प्रसाद गौतमका अनुसार तिन साता लामो लकडाउनका कारण उत्पादित च्याउ बजारसम्म पुर्याउन नसक्दा दर्जनौ च्याउ किसान मर्कामा परेका..
गस्ति र पेट्रोलिङ संगै सचेतना फैलाउदै पेल्टीमारी प्रहरी चौकी
५ बैशाख, इलाम । चुलाचुलीमा प्रहरी चौकी पेल्टीमारीले गस्ति, पेट्रोलिङ संगै विभिन्न कुरिती तथा विकृती विरुद्धका रचनात्मक कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संञ्चालन गर्न सुरु गरेको छ । पछिल्लो समय शुरक्षा अवस्था सामान्य हुँदै गएको चुलाचुलीमा प्रहरीले दैनिक रुपमा गर्ने गस्ति, पेट्रोलिङ बाहेक विभिन्न सामाजिक सचेतनामुलक कार्यहरुलाई पनि निरन्तर रुपमा संञ्चालन गर्न सुरु गरेको हो । चुलाचुली ३ मा रहेको प्रहरी चौकी पेल्टीमारीले चालू आर्थिक बर्षको कार्तिक महिना यता लागू औषध न्युनिकरण..
महाेत्तरीमा आरडिटी टेष्ट सुरू, हालसम्म सबै रिपाेर्ट नेगेटिभ
महाेत्तरी, ५ बैशाख । महाेत्तरी जिल्ला १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको छ । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) शुरु भएको हाे । पहिलो दिन आरडिटी गरिएका ४५ जनामै नेगेटिभ नतिजा पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लाका क्वारेन्टाइनमा गत चैत २०..
चैत्र ४ गते कतारबाट फर्केका युवकलाई एक महिनापछि क्वारेन्टाइनमा राखियाे
राैतहट, ५ बैशाख । राैतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका १ का एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्याएको छ । युवक गत चैत ४ गते कतारबाट कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट फर्किएर घरमै बसेका थिए । कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत ४ मा आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनस्थल लगेको हो । कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा..
पूर्वको पशुपतिनाथ भनिने झापाको अर्जुनधारा धाममा ५४ वर्षपछि ताल्चा लाग्यो
५ बैशाख, झापा । कोरोना भाइरसका (कोभिड १९) कारण पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वधममा पहिलो पटक ताल्चा लागेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमण जोखिमका कारण ५४ वर्षपछि पहिलो पटक धामको गेट मै ताल्चा लागेको हो । अर्जुनधारा जलेश्वरम सञ्चालक समितिका अध्यक्ष नविन गट्टानका अनुसार धामको स्थापनापछि पहिलो पटक गेटमै ताल्चा लगाउनुपर्ने अवस्था आएको हो । धाममा नियमित रुपमा हुने नित्य कर्म भने जारी..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७