११ वैशाख, इलाम । भारतसँग सीमा जोडिएका इलामका सीमावर्ती क्षेत्रहरुमा शुरक्षा सर्तकता बढाईएको छ । भारतसंग सिमा जोडिएका इलामका १८ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चौकी राखिएको जिल्ला प्रसासन कार्यलय इलामले जनाएको छ । लकडाउनका समयमा पनि भारत र नेपालमा लुकिछिपी मानिसको आवतजावत भइरहेकाले चौकी राखिएको हो ।
खुल्ला सीमा भएका कारण भारतबाट धेरै मानिस लुकिछिपि आएकाले सीमा क्षेत्रका नेपाली चिन्तित थिए । भारतसँग सीमा जोडिएको इलामको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाइएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकृत सफल पोर्तेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुकिछिपी नेपाल प्रवेश गर्ने व्यक्ति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।