समाचार
जनकपुर–जयनगर रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न
६ असार, जनकपुरधाम । लकडाउनका कारण सबै पूर्वाधार निर्माणका क्षेत्रमा अशर परेपनि रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० कि.मी. रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा झण्डै ६२ कि.मी. सम्पन्न भइसकेको भौतिक पुर्वधार मन्त्रालयले जनाएको छ । कुर्था–जयनगर रेलमार्ग अन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । कोरोना..
इलामको माङ्सेवुङमा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला
५ असार, इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला परेका छन् । हिजो बिहानै घरबाट हिँडेका उनीहरु साँझसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजि गर्ने क्रममा घरदेखि झण्डै सात सय मिटर दुरीमा पर्ने दारको रुखमा झुण्डिएको अवस्थामा स्थानियले फेला परेका हुन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार रुखको एउटै हाँगोमा दुवैजना प्लाष्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको विषयमा इलाका..
सूर्याेदय नगरपालिकामा पर्ने तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माण कार्यले तिब्रता पायो
५ आश्विन, इलाम । इलामको सूर्याेदयनगरपालिकामा पर्ने तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माणको कार्यले तिब्रता पाएको छ । पर्यटकीय नगर सूर्याेदयन–३ मा पर्ने झरनामा पदमार्ग र व्युटिफिकेसनका काम गरिँदै धमाधम भईरहेको छ । सूर्याेदय नगरपालिका–३ स्थित रुङसुङ्गमा रहेको झरनालाई पर्यटनको आकर्षक गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम अगाडी बढाईएको नगर प्रमुख रनबहादुर राईले जानकारी दिनुभयो । प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा योजना छनौट गरि प्रदेश सरकारको शहरी विकास तथा भवन..
भारतको अवरोधले १५ दिन देखि नेपाली बस्तु काकरभिट्टा नाकामा अलपत्र
५ आश्विन, झापा । भारतको पश्चिम बंगाल प्रदेश सरकारले १५ दिनदेखि निर्यात अवरोध गर्दा नेपालबाट भारत निर्यात हुन लागेका २२ ट्रक नेपाली उत्पादन मेची पुलमा अलपत्र परेको छ । अहिले दैनिक रुपमा भारतबाट आयात हुने सामानहरु नेपाल आयात भईरहेका छन । तर नेपाली वस्तु निर्यात गर्न भारतले अवरोध गरेको छ । जसका कारण नेपाली व्यवसायीले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको छ । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका एक व्यवसायीका अनुसार नेपालको..
खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन
२ आश्विन, सोलुखुम्ब । सोलुखुम्बुको खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष निमदोर्जी शेर्पाको निधन भएको छ । विगत एक बर्ष देखि क्यान्सर रोगबाट पिडित शेर्पाको आज बिहान आफ्नौ घरमा निधन भएको हो । पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । पछिल्लो केही समययता हलचल समेत गर्न नसक्ने अवस्थामा पुगेपछि शेर्पालाई घरमा ल्याइएको परिवार स्रोतले बताएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा उपचार गराईरहेका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि..
विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै रकमले फर्काउन सर्वोच्चको आदेश
२ आश्विन, काठमाण्डौँ । सर्वाेच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेको हुनाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश दिएको हो । करारको अवधि नपुगी फर्किनुपर्ने, गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाई टिकट..
सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्षको मृत्यु
३२ जेष्ठ, नवलपरासी । जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो । गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै..
संविधान संसोधन विधेयक पारित भएपछि इलाममा पनि दिप प्रज्वलन गरी खुसियाली मनाईयो
३१ जेष्ठ, इलाम । प्रतिनिधिसभाबाट आज संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएपछि इलाममा पनि दिव प्रज्वलन गरिएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याईएको विधेयक सर्वसम्मत रुपमा पारित भएको खुसियालीमा इलाम सदरमुकाम इलाम बजारका आम नागरीकहरुले खुसियालीको रुपमा इलाम चौक बजारमा दिप प्रज्वलन गरेका हुन् । अनेरास्ववियूका..
संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री ओलीको गृहनगरमा दिप प्रज्वलन
३१ जेष्ठ, झापा । प्रतिनिधिसभाबाट आज संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मत रुपमा पारित भएपछि प्रधामनन्त्रीे केपि शर्मा ओलीको गृहनगरमा दिव प्रज्वलन गरिएको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधानको अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याईएको विधेयक सर्वसम्मत रुपमा पारित भएको खुसियालीमा झापा दमकका आम नागरीकहरुले खुसियालीको रुपमा दमकको मुख्य चौक गणतन्त्र चौकमा दिप प्रज्वलन गरेका..
झापाका ९५ जनाले कोरोनालाई जीतेर घर फर्किए
३१ जेष्ठ, झापा । झापा जिल्लाका जम्मा ९५ जना कोरोना संक्रमितले संक्रमणलाई जितेर घर पर्किएका छन् । संक्रमण पुष्टि भएपछि विराटनगरको कोशी अस्पताल र सुनसरीको विपि प्रतिष्ठानमा उपचारारत उनिहरुले कोरोनालाई जितेर संक्रमण मुक्त भएका हुन् । जिल्ला व्यवस्थापन सहायता कक्ष झापाका सचिव जीवन चौलागाईँका अनुसार पहिलो पटक ११ बैशाखमा झापा दमक नगरपालिका–३ का ४६ वर्षीय पुरूषमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । जेठ ३० सम्ममा जिल्लाका १३ वटा..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७