२६ असार, इलाम । माईजोगमाई गाउँपालिका–६ प्याङमा १२० घरधुरीलाई लक्षित गरेर विस्तार गरिएको विद्युतीकरणको आज गाउपालिका अध्यक्ष जित बहादुर राईले उद्घाटन गर्नुभएको छ ।
माईजोगमाई गाउपालिका र नेपाल बिधुत प्राधिकरण इलाम बितरण केन्द्रको संयुक्त लगानिमा विद्युत् विस्ताको काम सम्पन्न गरिएको हो ।
माईजोगमाई गाउपालिका–६ प्याङ साबिकको प्याङ गा.बि.स. १ र ६ का जम्मा १२० घरधुरीलाई लक्षित गरि धुपिडाडामा ट्रान्सफर्मर राखेर विद्युत बिस्तारको काम गरिएको छ ।
माईजोगमाई गाउँपालिकाले आप्नो माईजोगमाई फिडरबाट विद्युत बिस्तार गरिरहेको छ । अब माईजोगमाइ गाउँपालिकाको सबै क्षेत्रमा क्रमागत रूपम विद्युत बिस्तार हुने कुरा माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले बताउनुभयो ।