इलामको फाकफोकथुममा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

इलामको फाकफोकथुममा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु

२९ असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय धनबहादुर राइको जेठा छोरा वर्ष १६ बर्षिय बालक अम्बर राई रहेको प्रहरी चौकी आम चौकले जानकारी दिएको छ ।

दुई दिन अघि आफ्नै खेतमा काम गर्दै गर्दा अरिङ्गालले टोके पछि बालकलाई सामान्य ज्वरो तथा खोकी लागेको थियो ।

आज अवस्था जटिल भएपछि उपचारको लागि विहान आमचोक स्वास्थ चौकी, आमचोकमा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुभेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर