२६ असार, इलाम । इलामको माई नगरपालिका वडा नं. १ पाल्टारमा ट्रयाक्टर पल्टदा २ जनाको मृत्यु गएको छ ।
आज करिब साढे ३ बजेको समयमा बारी जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झर्दा चालक माई नगरपालिका–८ का २१ बर्षिय सुजन बिश्वकर्मा र ट्रयाक्टर धनिका छोरा ११ बर्षिय नितेश गिरीको ज्यान गएको हो ।
ट्रयाक्टरमा सवार दुबै जनालाई ट्रयाक्टर पल्टदा किचेको थियो । घटनामा गम्भिर धाईते भएका उनिहरुलाई उपचारका लागि झापाको बिएन्डसी अस्पताल तर्फ पठाइएको थियो ।
उनीहरु दुवै जनाको बाटोमा नै मृत्यु भएको प्रहरी चौकी दानाबारीका असई इन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । दुर्घटनामा चालकमा भान्जा समिर विश्वकर्मा घाइते भएका छन् । उनको विएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।