समाचार
हलेसी तुवाचुङ नगरपालिकामा चाम्लिङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने
११ असार, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ देखी सरकारी कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्ने भएको छ । किरात राई (चाम्लिङ)हरुको वाहुल्यता रहेको सो नगरपालिकामा नगरको कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्नेे नीति तथा कार्यक्रम जारी गरिएको छ । सिंगो नगरपालिकामा चाम्लिङ भाषा प्रयोग गरिने छ भने वडा नं. १ र वडा नं. २ मा वम्बुले(राई) भाषालाई मान्यता दिईने छ । त्यसैगरी वडा..
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ल्यायो पहिलो पटक संचार मैत्री नीति
११ असार, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो पटक संचार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र संचारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विभिन्न किसिमका संचार नीति ल्याएको छ । गाउँपालिकाको सातौँ गाउँ सभाको नीति तथा कार्यक्रममा पालिकाले खोटाङ जिल्लामा रहेर नियमित पत्रकारिता गरिरहेका ५५ बर्ष उमेर नाघेका पत्रकार वा पत्रकार..
भारी वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु
११ असार, काठमाण्डौँ । आज बिहान भारी वर्षासँगै परेको चट्याङ्का कारण सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै स्थानका चार जनाको चट्याङ्ले लागेर ज्यान गएको हो । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो । प्रवक्ता भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७..
सुनसरीका एक दर्जन स्थानीय तहले सार्वजनिक गर्यो अगामी आर्थिक बर्षको ‘बजेट नीति तथा कार्यक्रम’
११ असार, सुनसरी । सुनसरीको विभिन्न स्थानीय तहले आफ्नो अगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर तथा गाउँ सभाबाट पारित अगामी आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यसै क्रममा जिल्लाको दुई उपमहानगरपालिका धरान र इटहरीले कोरोना रोकथाम तथा नियन्त्रण गर्नेदेखी स्वरोजगार सृजना गर्नेसम्मको कार्यक्रम सहित आफ्नो अगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक..
माई नगरपालिकाको ७ औ नगरसभा सुरुः मेयर थेवेद्धारा निति तथा कार्यक्रम प्रस्तुत
१० असार, इलाम । माई नगरपालिकाको ७ औ नगरसभा आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाहलमा सुरु भएको नगरसभाको पहिलो दिन आगामी आर्थिक बर्ष २०७७÷७८ को लागि मेयर दिपककुमार थेवेले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । निति तथा कार्यक्रमको सम्वन्धमा आज ५ जनाले आफनो धारणा राखेका छन् । उनीहरुले नगर क्षेत्रमा रहेको खाली जग्गालाई कोरोनाको संकटको अवस्थामा कुनै पनि संस्था वा सहकारीलाई समयावधि तोकेर लिजमा दिनुपर्ने..
माईजोगमाईमा ४५ करोड ५० लाख बढीको बजेट प्रस्तुत, पुंजीगत तर्फ १६ करोड ३९ लाख
१० असार, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ का लागि ४५ करोड ५० लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरेको छ । पलिकामा सुरु भएको सातौ गाउँसभामा अध्यक्ष जीतबहादुर राईले आगामी आर्थिक बर्षको उक्त बजेट बराबरको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाको आगामी आर्थिक बर्षको चालु खर्च तर्फ रु ७ करोड ४२ लाख ४५ हजार, सशर्त अनुदान तर्फ रु १९ करोड ४८ लाख ५ हजार,..
सूर्याेदय नगरपालिकाले प्रस्तुत गर्यो एक अर्ब बढीको बजेट, पूजीगत तर्फ ५८ करोड
१० असार, इलाम । इलामको सूर्याेदय नगरपालिकाले १ अर्ब बढीको बजेट नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७७/७८ का लागि रु १ अर्ब १७ करोड १० लाख ३८ हजार बराबरको बजेट प्रस्तुत गरेको हो । नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ रु ३३ करोड ६९ लाख २३ हजार, सामाजिक विकास तर्फ रु ४२ करोड चार लाख चार हजार रुपैया रहेको छ । त्यस्तै आर्थिक विकास तर्फ रु २० करोड..
फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरुः युवा रोजगार–गरिवी निवारण प्राथमिकतामा
१० असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम आजदेखि सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरु भएको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा गाउँपालिकालाई समृद्धितर्फ उन्मुख गराउने खालका योजना अघि सारिएको छ । कोरोना भाईरसबाट अहिले मुलुक आक्रान्त भईरहेको समयमा यहाँका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण तथा बजेटको..
तस्विरमा हेर्नुहोस नेपालबाट देखिएको सूर्य ग्रहण (फोटो फिचर)
७ असार, काठमाण्डौँ । सूर्य ग्रहण लागेको छ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ । नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुने छ । शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ..
बीएण्डसी अस्पतालले स्वास्थ्य बिमा गरेका विरामीलाई औषधि दिन बन्द गर्यो
६ असार, झापा । बर्तामोडको बीएण्डसी अस्पतालले स्वास्थ्य बिमा गरेका विरामीलाई औषधि दिन बन्द गरेको छ । अस्पतालले एक सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य उपचारका लागि अस्पताल आएका विरामीलाई औषधि दिन बन्द गरेको जनाएको हो । स्वास्थ्य बिमा वोर्डले अस्पताललाई तिर्नु पर्ने रकम उपलब्ध नगराएकाले सो सुचना मार्फत अस्पताल प्रसासनले जनाएको छ । सोही कारणले बिरामीलाई औषधि दिन बन्द गरेको भनाई छ । स्वास्थ्य बिमा वोर्डले बीएण्डसी अस्पतालाई झण्डै १२..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७