मोरङको बेलवारीमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

१५ जेष्ठ, मोरङ । मोरङको बेलबारी नगरपालिका ४ स्थित बुधबारेमा आज छोराले आफ्नौ आमाको हत्या गरी आत्माहत्या गरेका छन् । बेलबारी–४ का जीवन लिम्बूले सामान्य घरायसी विवादमा आफ्नौ आमाको इट्टाले हानी हत्या गरी आफैले पनि आत्महत्या गरेका हुन् । प्रहरी स्रोतका अनुसार लिम्बुले आफ्नी आमालाई घरायसी विवादमा घरमानै इट्टा प्रहार गरेका थिए । इट्टा प्रहारबाट आमाको घटनास्थलमा नै मृत्यु भएको थियो । आमाको मृत्यु पछि उनले पनि छुराले आफ्नो घाँटीमा..

राँकेमा भएको सवारी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

११ जेष्ठ, झापा । मेची राजमार्ग अन्र्तगत इलामको देउमाइ नगरपालिका–१ राँकेमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । राँके बजार छेउको चामु होटल नजिकै मोटरसाइकल र ट्रक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी आज दिउँसो १ः४० बजे प्रहरी हवल्दारको मृत्यु भएको हो । मृत्यु हुनेमा चिलिङ्देन प्रहरी चौकी राँकेका प्रहरी हवल्दार अन्दाजी ३५ बर्षिय नवीन बस्नेत रहेको सोही कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।..

सुनसरीमा ट्याक्टर अनियन्त्रीत भई पल्टदा एकको मृत्यु

१० जेष्ठ, सुनसरी । सुनसरीको गढी गाउँपालिकामा ट्याक्टर अनियन्त्रीत पल्टिदा एक जनाको मृत्यु भएको छ । सुनसरी गढी गाउँपालिका–६ सत्तेरझोडामा ईँटा बोकेको को १ त ९६८९ नम्बरको ट्याक्टर तिव्र गतिका कारण अनियन्त्रीत भई पल्टदा ट्याक्टर चालक दुहवीका २४ बर्षिय फुलचन श्रषिदेबको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर प्रविण कार्कीले ट्याक्टर आफै अनियन्त्रीत भएर कच्ची बाटोमा पल्टदा फुलचनको घट्ना स्थलमै मृत्यु भएको जानकारी दिनुभयो । ट्याक्टरका सह–चालकको..

कोरोना संक्रमणका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढीको मृत्यु

८ जेष्ठ, काठमाण्डौँ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । वल्डोमिटरर्सको आज बिहानसम्मको तथ्यांक अनुसार ५० लाख ८४ हजार ९ सय १८ जनाका कोरोना देखिएको छ । भने ३ लाख २९ हजार ७ सय १८ ले कोरोना कै कारण ज्यान गुमाएका छन् । एकै दिन विश्वभरका १ लाख ६ हजार मानिस कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित..

झापा र सुनसरीका १६ जना संक्रमित पनि भारतबाटै आएका थिए

८ जेष्ठ, झापा । झापाको कचनकबल गाउँपालिकामा आज थपिएका १५ जना कोरोना संक्रमित पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो । ‘उहाँहरु बम्बई, दिल्लीलगायतका क्षेत्रबाट आउनुभएको..

प्रेस यूनियनद्धारा झापाका पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा’

८ जेष्ठ, झापा । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले झापा जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ । यूनियनको क्षेत्रीय समितिले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैँया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताउनुभयो । उहाँका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले सहयोग..

इलामको देउमाइमा छोरीले गरीन् आफ्नै बावुको हत्या

६ जेष्ठ, इलाम । इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडामा छोरीले आफ्नै बावुको हत्या गरेकी छन । साबिक शान्तिडाँडा–२ निवासी ५२ बर्षिय बाबू फुलबहादुर राईको आफ्नै छोरी सुस्मा राइले गएराति हत्या गरेको मंगलबारे प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन । घट्ना स्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी निरिक्षक उद्धव पोखरेलले गृहखबरलाई जानकारी दिनुभयो ।

सुनसरीबाट १५ जना भारतीयलाई नियन्त्रणमा लिएर क्यारेन्टाईनमा पठाईयो

४ जेष्ठ, सुनसरी । सुनसरीको हरिपुर क्षेत्रमा लुकेर बसेको अवस्थामा १५ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर क्यारेन्टाईनमा राखेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले १५ जना भारतीयहरु आएको सुचना पाएपछि हरिपुर क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो । सुनसरीका अधिकांस क्षेत्रहरु भारतीय खुल्ला सिमाना पर्ने भएकाले भारतीयहरु जति बेला पनि प्रवेश गर्न सक्ने भन्दै प्रहरीले कडाई..

धरानको वीपि प्रतिष्ठानमा ओपिडी सेवा अनिश्चित, विरामीहरु समस्यामा

४ जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा २ महिना देखी बन्द हुदाँ विरामीहरु समस्यामा परेका छन् । लकडाउन पछि बन्द रहेको ओपिडी सेवा कहिले खुल्ने भन्ने निश्चित नहुँदा समस्या भएको हो । ओपीडि सेवा सुचारु गर्नका लागि अहिले सम्म दुई चरणको बैठक तथा छलफल भएपनि खास निकास नभएका कारणले समस्यामा परेको विरामीहरुले बताएका छन् । लकडाउनको बेलामा अस्पतालमा उपचारका लागि आउनेहरूलाई कसरी व्यवस्थापन..

नेपाली सेनाका लागि मेडिकल सामग्री बोकेर चिनिया जहाज नेपाल आईपुग्यो

३१ वैशाख, काठमाण्डौँ । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । आज विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो । मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो । यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्माेमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताएका छन्..