कनकाई नदिमा पानिको वहाव बढ्दो क्रममा, आसपासको मानव बस्ति हटाईयो

कनकाई नदिमा पानिको वहाव बढ्दो क्रममा, आसपासको मानव बस्ति हटाईयो

२७ असार, झापा । कनकाई नदिमा आएको बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावनापछि झापाको शिवसताक्षी नगरमा ४ वटा घर भत्काइएको छ ।

वडा नम्बर १० का ४ वटा घर सशस्त्र प्रहरीको टोलीले भत्काएर सुरक्षित गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताउनुभयो । कनकाई पुल उत्तर तर्फको मानव बस्तीमा कनकाईले वितण्डा गरेपछि घर भत्काएर त्यहाँका मानिसलाई सुरक्षित गरिएको हो ।

पाडाजुँगीबाट आएको सशस्त्र प्रहरीको ११ जनाको टोलीले प्रेम उप्रेती, श्याम ऋषीदेव, तारा लिम्वु लगायत ४ जनाको घर भत्काएर घरका मानिसलाई सुरक्षीत गरेकोे हो । कनकाई नदिको पानिको वहाव उच्च हुदै धार पश्चिम धकेलिएपछि मानव बस्तीमा कटान सुरु भएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष थापाका अनुसार बाढीले कटान गरेर विस्थापीत भएका परिवारलाई स्थानीय सिसौ घारीमा राखिएको छ । निरन्तर वर्षा भइरहेकोले अन्यत्र लैजान नसकिएको उहाँले बताउनुभयो । नेपाल रेडक्रस संग समन्वय गरेर तत्काल राहतका लागि पहल हुने वडा अध्यक्ष थापाले बताउनुभयो ।

निरन्तर वर्षा भएपछि झापाको कनकाई, विरिङ, मावा, रतुवा, मेची, टाङटीङ लगायतका ठुला नदी सहित साना खोला नालामा पनिको वहाव बढ्दो क्रममा रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर