२७ असार, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिबार तथा सार्वजनिक बिदाको दिनसमेत बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपछि आज बैंक बन्द नहुने भएको हो । सधैको जस्तै कार्यालय समयमा बैंक खुल्ने जनाइएको छ ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो ।