माई नगरपालिका–१ मा ट्रयाक्टर पल्टदा दुई जनाको मृत्यु

२६ असार, इलाम । इलामको माई नगरपालिका वडा नं. १ पाल्टारमा ट्रयाक्टर पल्टदा २ जनाको मृत्यु गएको छ । आज करिब साढे ३ बजेको समयमा बारी जोतेर फर्कदै गरेको मे १ त ७४४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झर्दा चालक माई नगरपालिका–८ का २१ बर्षिय सुजन बिश्वकर्मा र ट्रयाक्टर धनिका छोरा ११ बर्षिय नितेश गिरीको ज्यान गएको हो । ट्रयाक्टरमा सवार दुबै जनालाई ट्रयाक्टर पल्टदा किचेको..

जोगमाई खोलामा निर्मित पक्की पुलको उद्धघाटन

२६ असार, इलाम । इलामको माईजोगमाई गाउँपालिका २ को जोगमाई खोलामा रु २ करोड ६७ लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको पक्की पुलको उद्धघाटन गरिएको छ । प्रदेश–१ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर र प्रदेश सांसद खिनु लङ्वा लिम्बुले जोगमाई खोलामा निर्माण सम्पन्न भएको १६ मिटर लामो पुल उद्धघाटन गर्नुभएको हो । झापाको मैनाचरी कन्स्ट्रक्सन प्रा.लि.ले पुल ३ बर्ष अघि निर्माण थालेको थियो । कार्यक्रममा बोल्दै..

सराङकोट पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुग्यो

२६ असार, कास्की । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी..

ओली र प्रचण्डले चाहँदैमा मात्र नेकपा विभाजन सम्भव छैन ‘संवैधानिक अड्चन’

२२ असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा त पुगेको छ तर यो सहज छैन । संवैधानिक र कानुनी अड्चनहरु नभइदिएको भए पटक पटक स्थायी कमिटी बैठक स्थगन हुने थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो गर्छु र त्यो गर्छु भनेर धम्की दिएर बस्नेथिएनन् । अरु बखत एक्सनमा जाने ओली र पुष्पकल दाहाल प्रचण्ड समेत आँट गर्न सकिरहेका छैनन् । प्रचण्ड एकता केन्द्र मसाल देखि दश वर्ष जनयुद्ध लडेको..

झापा र सुनसरीबाट लागूऔषध सहित पाँच जना पक्राउ

२० असार, झापा । झापा र सुनसरीबाट लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक–५ मा डेरा गरी बस्दै आएका ३ जना लागुऔषध खैरोहिराईन बाउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दमक–९ का ३२ बर्षीय रबिन कुँवर, इलाम घरभई दमक–५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घरभई दमक–८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय..

पशुपतिनगर नाकाबाट अवैध मल सहित तिन वटा पिकअप नियन्त्रणमा

१९ असार, इलाम । इलामको पशुपतिनगर नाका हुँदै भारतबाट अबैध रुपमा नेपाल भित्राउदैँ गरेको अवैध मल प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी लालध्वज सुबेदीले जानकारी दिनुभयो । सुचना अधिकारी सुबेदीका अनुसार प्रहरी टोलिले सुर्याेदय नगरपालिका वडा नं ३ कटेबुङमा भारतबाट आउदै गरेको बा १७ च ८४३४, मे १ च ९८६ र..

दुहवी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न

१५ असाढ, सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजले आईतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक दुहवी जेसीजका उपाध्यक्ष विकाश स्वर्णकारले जानकारी दिनुभयो । दुहवी जेसीजकी अध्यक्ष विमला सुवेदी कार्कीको अध्यक्षतामा दुहवी नगरपालिकाको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङको समन्वयमा संकलन गरिएको संयोजक स्वर्णकारले बताउनुभयो । अहिले..

दुहवी जेसीजको एक दिने रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

१५ असाढ,सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजकोे आयोजना एक दिने रक्तदान जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीको समयमा विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव हुन नदिन एक दिने रक्तदान जागरुक्ता कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । दुहवी जेसीजको आयोजनामा तथा युथ फर ब्लड नेपालको प्रमुख प्रशिक्षणमा दुहवी स्थित पूर्व क्षेत्रीय दंगा गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । दुहवी जेसीजका अध्यक्ष विमला सुवेदीको अध्यक्षतामा भएको..

दमक नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, पूर्वधार विकासमा जोड

१४ असार, झापा । दमक नगरपालिकाको सातौँ नगरसभाबाट सर्वसम्मत पारित रुपमा पारि भएको बजेट, निति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । नगरपालिकाले आज आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सातौँ नगरसभाबाट सर्वसम्मत पारित भएको आर्थिक बर्ष २०७७÷७८ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आर्थीक बर्ष २०७७÷७८ का लागी रु १ अर्व ३१ करोड ३० लाख ३५ हजारको बजेट ल्याएको छ । कोरोना भाईरसका कारण..

रुकुम पश्चिम घटनाको स्थलगत रिर्पाेट दमकमा सार्वजनिक, घटना ‘छुवाछुत’को परिणाम

१४ असार, झापा । रुकुम पश्चिम घटनाको स्थलगत रिर्पाेट शनिवार झापाको दमकबाट सार्वजनिक गरिएको छ । प्रदेश एकका दलित अगुवाहरुको टोलीले तयार पारेको सो रिर्पाेट शनिबार प्रधानमन्त्री केपी ओलीको गृहनगर समेत रहेको झापाको दमकमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । रिर्पाेटमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतिमा भएको सो घटना जातिय भेदभाव र छुवाछुतको परिणाम भएको निष्कर्ष निकालिएको छ । इलामका नवराज शंकर, झापाका हुकुमसिंह नेपाली, हरि पोख्रेल दर्जी..