समाचार
दमकमा दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण
६ असोज, झापा । झापाको दमकमा आज दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका–५ का एकै परिवारका पाँच जनामा संक्रमण देखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक ४ , ७ र ८ वडाका ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ..
दोलखाकी बालिका खड्का काठमाडौँको पेरिसडाँडाबाट पक्राउ
४ असोज, काठमाण्डौँ । प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट नेकपाकी कार्यकर्ता दावि गर्ने एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा जवजस्ती भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत..
झारफुक गर्ने बहानामा महिलामाथी करणीको प्रयास गर्ने झाँक्री पक्राउ
४ असोज, सुनसरी । झारफुक गर्ने बहानामा विराटनगरकी एक महिलामाथी करणीको प्रयास गर्ने झाँक्री पक्राउ परेका छन् । सन्तान नजन्मिएपछि झाँक्रीसँग झारफुक गराउन पुगेकी महिलालाई बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय झाँक्री बौना रामलाई प्रहरीले पक्राउ गरेको हो । महिलामाथि बलात्कारको प्रयास गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । सन्तानको आशमा रहेकी महिलालाई भाद्र २५ गते बिहान रामले घरकै पूजाकोठामा..
झापाको गौरदहबाट लागूऔषध सहित दुई जना पक्राउ
४ असोज, झापा । झापाको गौरदह नगरपालिका–९ बैगुनधुराबाट दुई जना युवा लागूऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह–३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई गएराती पौने ११ बजेको समयमा नियन्त्रणमा लिएको थियो । प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले..
इलाम अस्पतालमा भेन्टिलेटर मेसिन जडान
४ असोज, इलाम । पुर्वी पहाडमा पहिलो पटक इलाम अस्पतालमा भेन्टिलेटर मेसिन जडान गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई दुई थान भेन्टिलेटर र दुई थान फोटो थेरापी मेसिन प्रदान गरेको हो । संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्बाङ पहलमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्री शनिबार जिल्ला समन्वय समिति प्रमुख तथा इलाम अस्पताल प्रमुख गणेशप्रसाद बराललाई हस्तान्तरण गरिएको छ । सामग्री बुझ्दै प्रमुख बरालले स्वास्थ्य सेवामा इलाम अस्पताल पूर्वीपहाडमै..
स्वास्थ्य शुरक्षा अपनाउदैँ शिक्षा क्षेत्रलाई संञ्चालनमा ल्याउन सरोकारवालाहरुको जोड
४ असोज, इलाम । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको शिक्षा क्षेत्रलाई स्वास्थ्य शुरक्षा सर्तकता अपनाउदैँ संञ्चालनमा ल्याउन इलामका सरोकारवालाहरुले बताएका छन् । वैकल्पिक विधिको प्रयोग गरेर भए पनि शैक्षिक शत्रलाई खेर फाल्न नहुने उनीहरुको भनाई छ । अनेरास्ववियू इलाम जिल्ला कमिटी इलामले संविधान दिवसको अवसरमा आयोजना गरेको ‘शिक्षा क्षेत्रमा कोभिड १९ ले पारेको असर र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले वैकल्पिक सिकाइलाई प्राथामिकता दिएका हुन् । अन्तकृयामा सहभागी..
कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दे चुलाचुलीमा द्धिप प्रज्वलन
३ असोज, इलाम । इलामको चुलाचुलीका युवाहरुले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्न माग गरेका छन् । चुलाचुलीका युवाहरुको ‘सचेत युवा समुह’ले उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई पुनः नियुक्तीको माग गर्दै दवाव स्वरुप चुलाचुली–४ आईतवारे बजारमा आज साझ द्धिप प्रज्वलन गरेका छन् । उक्त द्धिप प्रज्वलन कार्यक्रमको सन्दर्भमा चुलाचुलीका केही युवाहरुले आफ्ना भनाई समेत राखेका थिए । जसमा समाजसेवी सामाजिक अभियनता लोकनाथ पौडेल, सुबास आङ्थोपो, राजेन्द्र..
नेकपा चुलाचुलीद्धारा संविधान दिवसको अवसरमा द्विप प्रज्वलन
३ असोज, इलाम । इलामको चुलाचुली गाउँपालिकामा पनि ५औँ संविधान दिवस (राष्ट्रिय दिवस) दिप प्रज्वलन गर्दै मनाईएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँ कमिटी र अनेरास्ववियू चुलाचुलीको सहकार्यमा आज साँझ चुलाचुली ५ स्थित हाङ्देवा चौकमा दिप प्रज्वलन गरिएको हो । नेकपा चुलाचुलीका अध्यक्ष शुक्र लावती (तुला)को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश–१ कमिटी सदस्य कान्छा लावती, नेकपा जिल्ला कमिटी इलामका सचिवालय सदस्य तथा चुलाचुलीका ईन्चार्ज ओमनारायण खनाल, नेकपा जिल्ला..
लकडाउनको विकल्प खोज्न झापाका व्यवसायीहरुको माग
३ असोज, झापा । झापाका उद्योगी तथा नीजि क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहिता तत्काल जारी गर्न सुझाव दिएका छन् । अब कुनै पनि ब्यपार ब्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धि आचारसंहिता तत्काल लागूगर्नु पर्नेमा जोड दिएका हुन् । संवाद समूह भापाले शुक्रवार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा नीजि क्षेत्रका ब्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए । कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव,..
नेकपा चुलाचुलीद्धारा युवाहरुलाई खेलकुद सामाग्री प्रदान
२ असोज, इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँसंगठन कमिटीले आज युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ । गाउँसंगठन कमिटी अन्तर्गतको खेलकुद विभागले चुलाचुली वडा नं. १, २ र ३ नम्वरका युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको विभाग प्रमुख सुरज किरण योङ्याले जानकारी दिनुभयो । कोरोना महामारीको समयमा गाउँमा रहेका युवाहरुलाई खेल क्षेत्रमा आकषर््िात गर्ने उदेश्यका साथ सो खेलकुद सामाग्री प्रदान गरिएको बताईएको छ । जसअन्तर्गत चुलाचुलीका वडा नं. १..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७