प्रधानमन्त्री निवासमा नयाँ सुरक्षाकर्मीको टोली खटाइयो

प्रधानमन्त्री निवासमा नयाँ सुरक्षाकर्मीको टोली खटाइयो


१८ असोज, काठमाण्डौँ । प्रधानमन्त्रीको सुरक्षामा खटिएका २८ जना शुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली सेनाले सो टिमलाई बदली गरेको छ । संक्रमित सैनिक कर्मचारीलाई नागार्जुन १ स्थित इचगुंको आइसोलेशनमा राखिएको छ । सो आईसोलेशनको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ ।

ठुलो संख्यामा सैनिक कर्मचारीलाई संक्रमण देखिएपछि प्रधानमन्त्री निवासमा नयाँ टिम खटाइएको छ । संक्रमित सैनिक कर्मचारीको ठाउँमा नयाँ टोली बदली गरेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताउनुभयो । क्वारेन्टाइनमा बसेका र पिसिआर रिपोर्ट नेगेटिभ भएकालाई प्रधानमन्त्रीको शुरक्षामा खटाएको उहाँले जानकारी दिनुभयो ।

शनिवार साँझ प्रधानमन्त्रीको सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका समेत गरी ६७ जना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो ।

बालुवाटारमा खटिएका प्रहरीका १९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीमध्ये धेरैलाई प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको छ । उपत्यकामा घर भएका प्रहरी कर्मचारी होम आइसोलेशनमा छन् ।

संक्रमित प्रहरीको स्थानमा प्रहरीचाहिँ बालुवाटारमा पहिले खटिएका जनशक्तिबाट नै नियमित ड्युटी म्यानेज गरिएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले बताउनुभयो ।

यस्तै सशस्त्र प्रहरी बलका १८ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितलाई बलम्बुस्थित एपिएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता (डिआइजी) राजु अर्यालकाअनुसार संक्रमित सुरक्षाकर्मीको ठाउँमा नयाँ टिम खटाइएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर