ए क्लासको एसियाली राजमार्गसँग जोडियो नेपाल

११ असोज, झापा । नेपाली राजमार्ग एसियाली राजमार्गसँग जोडिएका छन् । नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा सात सय ९० मिटर लम्बाइको पुल निर्माण भएसँगै नेपाल एसियाली राजमार्गसँग जोडिएको हो । मेची पुलसँगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ समेत निर्माण गरिएको छ । यसअघि सीमापारि पनि..

झापाको अर्जुनधारा र बिर्तामोडबाट लागुऔषध सहित ३ जना पक्राउ

१० असोज, झापा । झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट र बिर्तामोड स्थित भगवान चोकबाट लागुऔषध खैरो हिरोइन ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ का २४ बर्षीय बिशाल राजवंशी, सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी र बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी छन् । बिशाल र नरप्रसाद ११ ग्राम ब्राउन सुगरसहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रदिप १० ग्राम..

झापामा माईक्रोको ठक्करबाट एकको मृत्यु

१० असोज, झापा । झापाको विर्तामोडमा माईक्रोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पाँचथरको याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट गएरातीमृत्यु भएको हो । झापाको बिर्तामोड–५ स्थितमा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले सडकमा हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने माईक्रो र चालक भद्रपुर नगरपालिकाका बाबुराम कट्टेललाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा रहेको प्रहरीले..

घरको छतबाट खसेर विर्तामोडमा एक बालिकाको मृत्यु

९ असोज, झापा । घरको छतबाट खसेर झापाको विर्तामोडमा बिहीबार राति एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ । बिर्तामोड–५ स्थित एक घरको छतबाट खस्दा १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो । राति १० बजेतिर खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भिर घाइते भएकी उनलाई उपचारार्थ स्थानीय अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कृतिका ५ दिनअघि काठमाडौँबाट मावली..

झापा विर्तामोडमा एक नावालक मृत फेला

८ असोज, झापा । झापाको बिर्तामोड नगरपालिका ७ मा एक वालक मृत फेला परेका छन् । मृत भेटिएका वालक सोही वडाका राजु मर्डीको छोरा जीवन मर्डी रहेको प्रहरीले जनाएको छ । दुई बर्षिय नाबालक जीवन गएराती नै घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय विर्तामोडले जनाएको छ । घटनाको सम्बन्धमा..

मल नल्याउने दुवै कम्पनीको जमानी जफत सहित कालो सूचीमा राख्ने बाटो खुल्यो

८ असोज, काठमाण्डौँ । अन्ततः शैलुङ्ग इन्टरप्राइजेज र होनिको मल्टिपल दुबैको बैंक ग्यारेण्टी जफत गरी कालो सूचीमा राख्ने कृषि सामग्री कम्पनी लिमिटेडको निर्णय कार्यान्वयनको लागि बाटो खुलेको छ । समयमा मल नल्याएपछि सम्झौताबमोजिम अघि बढाइएको उक्त प्रक्रियालाई भाँजो हाल्न शैलुङ्गका शारदाप्रसाद अधिकारी र होनिकोका हुमनाथ कोइरालाले उच्च अदालत पाटनबाट केही दिनअघि ल्याएको अन्तरिम आदेश हिजोदेखि रद्ध भएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले ‘करारमा..

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षको दाविः चीनले नेपाली भूमी अतिक्रमण गरेकै हो

८ असोज, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले चीनले अतिक्रमण गरेको भन्ने नेपाली क्षेत्रमा आफूहरु पुगेको स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै उहाँले आफूहरु चीनले नेपाली भूभागमा बनाएका घर हेर्न पुगेको पनि स्पष्ट पार्नुभएको हो । कुराकानीको क्रममा उहाँले भन्नुभएको छ–‘हामी त्यही पुग्यौँ । भवनसम्मै पुग्यौँ । त्यसपछि चिनका सेनाहरू पनि आएका थिए । त्यसपछि हामी ब्याक हुनुपरेको थियो ।’ चीनले सेनाहरू पनि ल्याएको..

झापा गैरादहका बिपन्न परिवारलाई निशुल्क रुपमा धारा जडान

७ असोज, झापा । झापाको गौरादह नगरपालिका भित्रका गरिब तथा बिपन्न परिवारलाई गौरादह खानेपानी तथा उपभोक्ता समितिले निशुल्क रुपमा धारा जडान गरिदिएको छ । धारा जडान पछि नगरका गरिव तथा विपन्न घरपरिवारले शुद्ध पिउने पानी उपभोग गर्न पाएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसंग समन्वय गरी सुकुम्बासी परिवारलाई पानी पिउने व्यवस्था मिलाएको हो । उपभोक्ता समितिले पहिलो चरणमा नगरपालिका भित्रका वडा नं १, २ र ३..

गैरसरकारी संस्था महासंघ धनकुटाद्धारा विरामीहरुलाई फलफुल वितरण

६ असोज, धनकुटा । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ धनकुटाले जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफुल वितरण गरेको छ । महासंघले एक कार्यक्रमको आयोजना गरि अस्पतामा रहेका १४ जना विरामीलाई फुलफुल वितरण गरेको हो । गैरसरकारी संस्था महासंघका अध्यक्ष मिन प्रसाद सुवेदीको अध्यक्षतामा संञ्चालित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका संयोजक टंक चौहानले सामाजिक संस्थाहरुले समाजको मन जित्ने गरि काम गरेको भन्दै प्रशंसा गर्नुभयो । महासंघका..

जवरजस्तिकरणी गरी फरार रहेका २ जना १२ बर्ष पछि पक्राउ

६ असोज, इलाम । फैसला कार्यन्वयन प्रक्रियालाई तीब्रता दिने अभियान अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न सुरु गरेको छ । २०६४ मा झापा साधुहोली जंगलमा सामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका इलाम चुलाचुली–३ का ३० वर्षीय मिलन राई भनिने अनिश राई र ३१ वर्षीय जितकुमार राई भन्ने निश्चल राईलाई प्रहरीले पक्राउ गरेको हो । खोजतलासको क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी..