२० असोज, सुनसरी । धरान स्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका ३ का ६४ वर्षीय पुरूष रहको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
डा. श्रेषठका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि मृतक पुरूष असोज १२ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको आज विहान ४ ः२० बजे उपचारको क्रममा मृत्यु भएको हो ।