आज थपिए २२ सय ५३ कोरोना संक्रमित

आज थपिए २२ सय ५३ कोरोना संक्रमित


१८ असोज, काठमाण्डौँ । नेपालमा आज कोरोना भाइरसका थप २२ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८६ हजार ८ सय २३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो ।

आजसम्म ६४ हजार ६९ जना संक्रमणमुक्त भएका छन् । आज १३२९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो ।

यस्तै उपत्यकामा मात्र आज एक हजार पाँच सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार पाँच सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा एक हजार तीन सय ७३ जना, ललितपुरमा एक सय ८७ जना र भक्तपुरमा ३९ जना गरी आज उपत्यकामा थप एक हजार पाँच सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर