स्कुटर र मिनी ट्रयाक्टर ठोक्कीदा १ जनाको मृत्यु

स्कुटर र मिनी ट्रयाक्टर ठोक्कीदा १ जनाको मृत्यु

२० असोज, सुनसरी । स्कुटर र मिनी ट्रयाक्टर एक अर्का बिच ठोक्कीदा सुनसरी स्थित धरान १४ का २५ वर्षिय गोकुल तामाङको मृत्यु भएको छ ।
आज बिहान करिब १० बजे धरान १५ त्रिवेणी मार्गमा भएको दुर्घटनामा स्कुटरको पछाडि सवार तामाङको मृत्यु भएको हो ।

दुर्घटना भए पछि घाइते भएका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलिले बताउनुभयो ।

प्रहरीका अनुसार को १ च ८८०१ को मिनी ट्याक्टरले को ३० प १२९६ को स्कुटरलाई ठक्कर दिएको थियो । ट्याक्टर र स्कुटर एकै दिशातर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटर चालक र ट्याक्टर चालकलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर