१९ असोज, काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार)को मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, र बागमती प्रदेश मा सामान्य बदली रही प्रदेश–१ का थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ । उता, गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।
यसैगरी, महाशाखाले आज दिउँसो प्रदेश–१, प्रदेश–२, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ ।
भने, प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, भरई राति प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश–१ र प्रदेश–२ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।