समाचार
मदन भण्डारी स्पोर्टस् एकेडेमी सुनसरीले रक्तदान र स्वास्थ्य परामर्श कार्यक्रम गर्ने
२ असोज, सुनसरी । मदन भण्डारी स्पोर्टस् एकेडेमी सुनसरीले संविधान दिवसको अवसर पारेर असोज ३ गते रक्तदान तथा स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ । सुनसरीको धरान लोकतान्त्रिक चौतारीमा बिहान ८ बजेदेखि कार्यक्रम शुरु हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी सुनसरीले जनाएको छ । अस्पतालमा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएको एकेडमीका अध्यक्ष प्रसन्त पाठकले वताउनुभयो । कार्यक्रममा एक सय पिन्ट रगत संकलन गर्ने लक्ष्य रहेको रक्तदान सँगै बीपी कोइराला..
नेपालको आफ्नै रेल जनकपुर प्रस्थान गर्दै (फोटो हेर्नुहोस्)
२ असोज, जनकपुरधाम । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभएको छ । दुई वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । एक इन्जिन र चार वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको..
ट्राफिक पोष्ट काँकरभिट्टाद्धारा ३ हजार बढी सवारी साधनलाई कारवाही
२ असोज, झापा । अस्थायी ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले गत आर्थिक वर्ष २०७६÷०७७ मा सवारी नियम उल्लंघन गर्ने तीन हजार बढी सवारी साधनलाई कारवाही गरेको छ । आफ्ना सवारी साधनका आवश्यक कागजात नबोक्ने, समयमै नवीकरण नगरेका, मादक पदार्थ सेवन गरी सवारी चलाएका, क्षमताभन्दा बढी यात्रु तथा मालवहाक, तीव्रगतिमा चलाउनेलगायतका ट्राफिक नियम पालना नगर्ने तीन हजार पाँच सय १६ वटा सवारी साधनलाई एकवर्षको अवधिमा कारवाही गरेको ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण..
पानीमा डुबेर बालिकाको मृत्यु
१ असोज, सुनसरी । सुनसरीको दुहवीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बुधवार दिउँसोेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेवको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । वालिका डुवेर बेहोस भएपछि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय..
चुलाचुली स्थित रतुवा खोलामा एक वृद्धको शव फेला
१ असोज, इलाम । इलामको चुलाचुली ५ चपेटी स्थित रतुवा खोलामा एक बृद्ध मृत फेला परेका छन् । बुकुवासिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको हो । मृतक व्यक्ति माङ्सेवुङ गाउँपालिका वडा नं. ४ का ७३ बर्षिय राईबहादुर राई रहेको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले जानकारी दिनुभयो । मृतक राई हिजो बेलुका नै घरबाट बेपत्ता भएका थिए । अहिले शव पोस्र्टमाटका..
सुनसरीको सीमावर्ती क्षेत्रबाट विष्पोटक पदार्थ पटका बरामद
३१ भाद्र, सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका–१ लौकहीबाट सशस्त्र प्रहरीले विस्फोटक पदार्थ पटका बरामद गरेको छ । सशस्त्र सीमा सुरक्षा बल (बिओपी) लौकहीले ठूलो परिणाममा बिस्पोटक पदार्थ पटाका बरामद गरेको हो । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्तीको समयमा विष्फोटक पदार्थ (पटाका) बरामद गरेकोमा आलुबम २० प्याकेट, पटाका ३ सय ५० प्याकेट, झिरझिरे पटका सहित बरामद गरिएको जनाएको छ । आज सशस्त्र प्रहरीको विशेष चेकिङ टोलीले सीमा खण्डबाट पटाका..
कोरोना संक्रमित कांग्रेस नेता कोइराला आइसीयू भर्ना
३१ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको छ । केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा रहनु भएका कोइरालालाई निमोनिया देखिए पछि काठमाडाँै स्थित चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीले बताउनुभायो ।
बलात्कृत किशोरीले न्याय नपाएपछि आत्महत्या गरीन्
३१ भाद्र, सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरी चैकीमा उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया किशोरीले हिजो साझ आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । अस्ति सोमबार बिहान धानखेतमा पानी हाल्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताईन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि..
मोरङको नेपाल–भारत सीमा क्षेत्र मटेरुवामा गोली चल्यो
२९ भाद्र, मोरङ । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा एक नेपाली युवामाथि लक्षितगरी गोली चलेको भएको छ । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय दीपक मण्डल बासु माथि दशगजा क्षेत्रमा गोली चलेको हो । सीमाका सुरक्षाकर्मीलाई छल्दै आइतबार दिउँसो ३ बजेतिर मण्डल भारततर्फ लागेका थिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार भारततर्फ क्यारम खेलेर बसिरहेका जोगवनीका मुकेश यादवले आफूसँग भएको पेस्तोल निकालेर गोली..
झापामा छोराले गरे आफ्नै आमाको हत्या
२९ भाद्र, झापा । झापाको कमल गाउँपालिका वडा नम्बर –७ मा हिजो साँझ ७ वजे तिर छोराले आफ्नै आमाको हत्या गरेको छ । बाह्घरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरि ५० बर्षिया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताउनुभयो..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७