१८ असोज, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा रुखले लागेर एक जनाको ज्यान गएको छ । उत्तिसको रुखले लागेर हिजो स्थानीय २८ बर्षिय भानुभक्त दलार्मी मगरको ज्यान गएको हो ।
काट्दै गरेको रुखले अर्काे रुख लडाउदा टाउकोमा लागेर मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुवेन्द्र कर्णले जानकारी दिनुभयो ।
घटनास्थल प्रहरी चौकी भन्दा करिब १५ किलोमिटरको दुरीमा रहेको छ ।