३० कार्तिक, काठमाण्डौँ । कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट कोरोना मुक्त हुनुभएको छ । गजुरेललाई गत कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएयता होम आइसोलेशन बस्नुभएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डिस्चार्ज भएको खबर गजुरेल आफैंले सोसल मिडियामार्फत जानकारी गराउँनुभएको छ ।
उहाँले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिनुभएको छ ।