कोरोना कहरबीच रगतको अभाव

कोरोना कहरबीच रगतको अभाव


४ कार्तिक, काठमाण्डौँ । कोरोना महामारीमा रगतको अभाव सुरु भएको छ । महामारीकालमा स्वेच्छाले रक्तदान गर्ने व्यक्तिहरु पनि पछि हट्दा आजभोलि अस्पतालहरुमा सहज रुपमा रगत पाउन छाडिएको छ ।

कोरोनाभाइरस संक्रमणको त्रासले स्वःस्फूर्त रुपमा रक्तदान गर्नेहरु ज्यादै न्यून संख्या सहभागी हुन्छन् । कोरोना संक्रमण दर तीब्र गतिमा बढ्दै गएपनि एक महिनाअघिसम्म रक्तदान कार्यक्रमको आयोजना गरेर अस्पतालमा रगतको अभाव हुन नदिएको अभियान्ताहरु बताउछन् । तर एक महिना यता रक्तदान कार्यक्रमहरुमा दाताहरु सहभागी हुने क्रम निक्कै घटेको छ ।

नेपालमा कोरोनाभाइरस कोभिड—१९ फैलन सुरु भएपछि उपत्यकाका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुँदा समेत प्रसुति गृहमा अभाव हुन नदिएको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका रक्तसञ्चार विभागका इन्चार्ज परशुराम दाहालले बताउनुभयो । तर अहले रगतको निकै समस्या परिरहेको उहाँले सुनाउनुभयो ।

नेपालमा जब कोरोना संक्रमण फैलन सुरु भएपछि त्यसको असर स्वास्थ्य क्षेत्रमा बहुआयामित पर्न गयो । कोरोना सर्ने भयले रक्तदाताहरुको संख्या ह्वात्तै घट्यो । फलतः रगतको अभाव हुन थाल्यो ।

रक्तदान कार्यक्रमको आयोजना गर्ने आयोजकले रक्तदानका लागि आह्वान गरिरहँदा केही भरथेग त भयो तर त्यो पर्याप्त थिएन । त्यस्तो कठिन परिस्थितिमा पनि प्रसुतिगृहले अस्पतालमा रगतको अभाव हुन नदिएको परशुराम दाहालको दावी छ । तर पहिल्लो समय केहीदिन यता प्रसुतिगृहको ब्लड कम्पोनेन्ट मेसिन बिग्रँदा समस्या सृजना भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर