
३० कार्तिक, झापा । झापाको दमक अस्पतालमा विद्युत चुहिएर आगलागी हुदाँ लाखौंको क्षति भएको छ । दमक–१ स्थित रहेको दमक अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो ।
अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगोलागी हुदाँ करिव रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । हिजो साँझ भएको आगलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण रुपमा जलेर नष्ट भएको अस्पतालका निमीत्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले वताउनुभयो । क्षतिको विवरण संकलन भईरहेको उनहाँले वताउनुभयो ।
दमक नगरपालिकाका दुई वटा दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयहरुको सहयोगवाट करिब आधा घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय राज पण्डितले वताउनुभयो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७