सात महिनापछि सन्दकपुरमा पर्यटकको चहलपचहल बढ्यो

सात महिनापछि सन्दकपुरमा पर्यटकको चहलपचहल बढ्यो


२ कार्तिक, इलाम । इलामको सन्दकपुरमा पर्यटकको चहलपचहल बढेको छ । नेपाल र भारत दुवै देशले पर्यटक आवतजावत खुल्ला गरेसंगै ७ महिनापछि पर्यटकको चहलपहल बढेको हो । यसले होटल व्यवसायीहरुलाई समेत राहात मिलेको छ ।

कोरोना माहामाीका कारण सन्दकपुर पर्यटन पदमार्ग २०७६ चैत्रदेखि बन्द गरिएको थियो । नेपाल र भारत दुबै देशका प्रशासनले पर्यटक आवतजावत खुल्ला गरेपछि अहिले सन्दकपुरमा दैनिक चार सयसम्म पर्यटक पुग्ने गरेका छन् ।

मानेभञ्ज्याङ्गबाट शुरु हुने सन्दकपुर पदमार्गमा पर्यटक बोक्ने ३० वटा गाडि दैनिक रुपमा संचालन भईरहेका छन् । ७ महिनासम्म आफ्नो व्यवसाय ठप्प गरेर बसेका होटल व्यवसायी पर्यटक आवतजावत खुल्ला गरेपछि खुशि भएका छन् ।

सन्दकपुरमा अहिले प्राय नेपाल र भारतका पर्यटकहरु पुग्ने गरेका छन् । । मौसम सफा रहेकाले हिमाली दृश्यमा रमाउन तेस्रो मुलकका पर्यटकहरु पनि सन्दकपुर पुग्ने गरेका छन् ।

प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्यमा घोषित सन्दकपुर इलामको सन्दकपुर गाउँपालिका ४ मा अवस्थित छ । एकैस्थानबाट नेपाल भारत भुटान र चिनको तिब्बतका ६० बढी हिमालका चुचुरा सन्दकपुरबाट देखिन्छ । ३६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरबाट सुर्याेदय सुर्यास्तको अवलोकनसँगै दर्जनौ प्रजातीका चराचुरुङ्गी र लोपउन्मुख वन्यजन्तुको अध्ययन गर्न सकिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर