डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी

२७ पौष, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भईरहेको अंन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको जनाईएको छ ।

महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेको उल्लेख गरिएको छ । उक्त प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”मा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन् । सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् ।

सभामुख पेलोसीका अनुसार ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पूरै मन्त्रिमण्डललाई मनाएपछि २५ औं संशोधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुन्त पद सम्हाल्ने छन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको आरोप लगाइएको छ । साथै ट्रम्पमाथि संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप पनि छ ।

गत हप्ता ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । सो हिंसामा एक जना प्रहरी अधिकारी र चार जना सर्वसाधारणको मृत्यु भएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडन विजयी भएको औपचारिक घोषणा गर्न नदिने उद्देश्यले ट्रम्प समर्थकहरुले आक्रमण गरेको बताइन्छ । यद्यपि संसदले बाइडन राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270