बेलायती सेनाका पूर्वप्रमुखको एक चौथाई सम्पती गोर्खा वेल्फेयर ट्रस्टलाई

बेलायती सेनाका पूर्वप्रमुखको एक चौथाई सम्पती गोर्खा वेल्फेयर ट्रस्टलाई


२५ पौष, काठमाण्डौँ । बेलायती सेनाका पूर्व प्रमुख (डिफेन्स स्टाफ चिफ) लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको एक चौथाई (२५ प्रतिशत) हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु पश्चात आफ्नो सम्पतिको एक चौथाई हिस्सा गोर्खा वेलफेयर ट्रष्टलाई दिनको लागि विल अर्थात इच्छापत्र गराएका थिए ।

यसैगरी बाँकी तीन हिस्सामध्ये ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक हिस्सा र बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति–पनातिनाको लागि छुट्याएका छन् । बेलायती पत्रिका डेली मेलले दिएको जानकारी अनुसार उनको सम्पति ४ लाख ८६ हजार २ सय ५९ पाउण्ड मूल्य बराबरको छ ।

जसमध्येको एक हिस्सा एक लाख २१ हजार ५६४ पाउण्ड गोर्खा वेलफेयर ट्रष्टले प्राप्त गर्नेछ । रकम प्राप्त गर्नको लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढेको गोर्खा वेलफेयर ट्रष्टले जनाएको छ ।

सन् १९८५ मा सेनाबाट रिटायर्ड भएका लर्ड ब्रामलले आफ्नो सेवा अवधिमा १० वर्ष गोर्खा राइफलमा बिताएका थिए । तेसपछि उनले गोर्खाहरुको साहस र इमान्दारीको खुल्ला रुपमा प्रशसा गर्दै आएका थिए । गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत रहेका लर्ड ब्रामलको ९५ वर्षमा मृत्यु भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर