समाचार
शहीद रत्नकुमार वान्तवा स्मृति फुटसलको उपाधी जुविल्याण्ट एकेडेमीलाई
२८ चैत्र, इलाम। प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मा.वि. फुटसल–२०७७ को उपाधी जुविल्याण्ट इलाइट एकेडेमीले जितेको छ । शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) इलाम नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको प्रतिस्पर्धात्मक उपाधी भिडन्तमा जुविल्याण्टले ग्रीनहिल बोर्डिङ्ग स्कूललाई ७–५ गोल अन्तरले पराजित गरेको हो । विजेता बनेको जुविल्याण्टले रु ५० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै..
नेपाल पत्रकार महासंघको मतगणना सम्पन्नः अध्यक्षमा विपुल पोखरेल निर्वाचित
२८ चैत्र, काठमाण्डौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनुभएको छ । आज अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी प्यानलका उम्मेद्धवार पोख्रेल नेतृत्वको संयुक्त प्यानल नै विजयी भएको हो । अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको छ । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गर्नुभयो । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनुभएको छ..
रोकिएको सडकको निर्माण कार्य तत्काल सुरु गर्ने मन्त्री नेम्बाङको प्रतिबद्धता
२८ चैत्र, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले हुलाकी सडक आयोजना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री नेम्वाङले रोकिएको सडक निर्माण तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आवश्यक परे वन मन्त्रालय र राष्ट्रिय निकुञ्जका प्रतिनिधिलाई साथमै लिएर निर्माणाधीन सडकको स्थलगत अवलोकन गर्न आफैँ ठोरी आउने पनि मन्त्री नेम्वाङले बताउनुभयो । वीरगञ्ज–ठोरी हुलाकी..
राष्ट्रपति चुरे–तराई संरक्षण समितिको अध्यक्षमा डा. किरण पौडेल (मन्त्रिपरिषद् बैठकका निर्णय)
२७ चैत्र, काठमाण्डौँ । सरकारले विदेशमा बस्ने नेपाली समुदायलाई माध्यमिक तहसम्म नेपाली पाठ्यक्रमअनुसार पठनपाठन संञ्चालन गर्न चाहेमा सर्तसहित अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न संञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विदेशमा बस्ने नेपाली समुदायले नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप संञ्चालन गर्न चाहेमा सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी..
निजामती कर्मचारी प्रणाली दोषपूर्ण छः मन्त्री त्रिपाठी
२४ चैत्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासन दोषपूर्ण रहेको बताउनुभएको छ । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहनुभएका मन्त्री त्रिपाठीले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गर्नुभयो । ‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै दोषपूर्ण छ’, आज संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले भन्नुभयो, ‘यसमा प्रशासन..
तस्कर र प्रहरीबीच गोली हानाहान
२४ चैत्र, कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा हिजो साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच..
पुनः काठमाडौं प्रवेशमा कडाइ गर्ने निर्णय
२४ चैत्र, काठमाण्डौँ । कोरोनाभाइरस संक्रमणका कारण पुनः काठमाडौं प्रवेशमा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिए शंकास्पद लागेमा पीसीआर टेस्टका लागि स्वाब संकलन गरी पठाउने निर्णय पनि..
पूर्वी नेपालमा भुकम्पको धक्का महशुुस
२३ चैत्र, झापा । पूर्वी नेपालको झापा जिल्ला सहित आसपासका क्षेत्रहरुमा भुकम्पको धक्का महशुुस भएको छ । प्रदेश–१ का झापा, इलाम, मोरङ सहितका जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको स्थानियहरुले बताएका छन् । अमेरीकी जियोलोजिकल सर्भेका अनुसार भारतको गान्तोक शहरको दक्षिण पूर्वी क्षेत्रलाई केन्द्र विन्दु बनाएर ५ रेक्टरस्केलको भुकम्प गएको हो । यसको असर नेपालका केही जिल्लामा सहित भारत, बांलादेश, भुटान र चाईनाका केही क्षेत्रमा परेको अमेरीकी जियोलोजिकल सर्भेले आफ्नो वोईवसाईटमा..
वायु प्रदूषणः अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विज्ञको सुझाव
२३ चैत्र, काठमाण्डौँ । काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर..
सामी इलामद्वारा उत्कृष्ट ३ कर्मचारी र ८ व्यवसायी सम्मानित
चैत्र २३, इलाम । सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले कार्यसम्पादनको आधारमा तीन जना कर्मचारी र प्रवासबाट फर्किएका आठ जना व्यवसायीलाई सम्मान गरेको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मंसिरबाट इलाम जिल्लामा संञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले यो आर्थिक वर्षसम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा उत्कृष्ट तीन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायीलाई सम्मान गरेको हो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको २४ कर्मचारी मध्ये तीन विधाका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७