८ जेष्ठ , मोरङ । मोरङको बिराटनगर महानगरपालिका–३ बाट औषधी कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् ।
सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका–३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र महतो औषधी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् ।
महतोले सिरहा बरियारपट्टी गाउँपालिका–३ का ४५ को राम नारायण मुखियालाई बैशाख २५ गते देखि बैशाख ३० गतेसम्म फार्मेसीको औषधी तोकिएको मुल्य भन्दा महङ्गोमा विक्रि गरेको पाईएको छ । औषधी बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधीको बास्तविक मुल्य लेख्ने र अर्को खातामा बढि मुल्य लेख्ने तथा ग्राहकलाई त्यही बढि मुल्यको खाता देखाई औषधीको बढि मुल्य लिने गरेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फार्मेसीबाट नै महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महतोको सम्बन्धमा मोरङ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।