समाचार
आजमात्र नेपालमा थपिए ४५ सय बढी कोरोना संक्रमीत
१४ वैशाख, काठमाण्डौँ । आजमात्र नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा चार हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट एक हजार नौँ जनाको परीक्षण गर्दा १६० जनामा..
संञ्चालन भइरहेको स्नातक तहका सबै परीक्षाहरू स्थगित, लाखौँ लाख विद्यार्थी प्रभावित
१४ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन् । त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित भएको हो । वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले बताउनुभयो । यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा..
उपत्यकामा वैशाख १६ देखि अत्यावश्यक बाहेकका सेवा बन्द
१४ वैशाख, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा र यातायात बन्द गरिएको छ । आज काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त..
विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुरा !
१२ वैशाख, काठमाण्डौँ । ठिक आजकै दिन, छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्नुहुने कार्यक्रम रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०७२ वैशाख १२..
नवनिर्मित धरहरा उद्घाटनको खुशीयालीमा बालुवाटारमा रात्रिभोज
११ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहरा उद्घाटनको खुशीयालीमा बालुवाटारमा रात्रिभोजको आयोजना गरेको स्रोतले जनाएको छ । उक्त भोजमा धरहरा बनाउनको लागि संलग्न विभिन्न सरकारी तथा निजी निकायका प्रतिनिधिसहरु सहभागी हुने जनाईएको छ ।
प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित २२ तले धरहराको उद्घाटन (फोटो हेर्नुहोस्)
११ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले एक समारोहकाबीच पुनर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि उद्घाटन गर्नुभएको हो । धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने अझै सकिएको छैन । उद्घाटनपछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औँ तलामा पुगेर पुष्पवृष्टि गर्नुभयो । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फाल्गुन..
सर्वदलीय बैठकमा कोरोना नियन्त्रण तथा उपनिर्वाचनको विषयमा छलफल भयोः मन्त्री ज्ञवाली
४ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा कोरोना सङ्क्रमण नियन्त्रण, उपनिर्वाचन तथा प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसको बैठकमा कोरोना नियन्त्रण, उपनिर्वाचन तथा संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले बैठकमा सहभागी राजनैतिक दलका नेताहरूले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह..
सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न कृषि मन्त्री मगरको सुझाव
४ बैशाख, झापा । प्रदेश एकका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले हरेक सहकारीलाई ‘प्रोसेसिङ’ र ‘मार्केटिङ’मा लाग्न सुझाव दिनुभएको छ । शुक्रबार नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको प्रधान कार्यालय मेचीनगर–६ काँकरभिट्टामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले बजारीकरणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना क्षेत्रमा उत्पादन भएका वस्तुलाई कसरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको विगतदेखि वर्तमानसम्मको..
भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल
२ बैशाख, झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालको पूर्वी नाका सिल गरिएको छ । आज (बिहीबार) बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो । पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ । उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताउनुभयो ।..
अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रियस्तरको निवन्ध प्रतियोगिता सुरु
२८ चैत्र, इलाम । अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रिय स्तरको निवन्ध प्रतियोगिता सुरु भएको छ । शहिद रत्नकुमार वान्तावाको ७० औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवशको अवसरमा “बैदेशिक शिक्षमा नेपाली यूवाको पलायन विषयमाः समस्या र समाधनहरु” शीर्षकमा अन्तराष्ट्रियस्तरको निवन्ध लेखन प्रतियोगिता शुरु भएको हो । निबन्ध लेखन प्रतियोगिताले बैदेशिक शिक्षामा नेपाली यूवाको पलायन बारे समस्या र समाधनहरु के के हुन सक्छन् भनेर बहसको रुपमा चेतना जगाउने उदेश्य लिएको आयोजकले जनाएको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७