आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

File photo. २५ वैशाख, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताउनुभयो । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उहाँको सक्रियता बढेको छ ।..

मास्क कसरी प्रयोग गर्ने ? धुन मिल्छ कि मिल्दैन ?

२५ वैशाख, काठमाण्डौँ । हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ । के यस्तो गर्नु राम्रो हो  ? विज्ञहरु के भन्छन्  ? यति मात्र होइन, कपडाको मास्क लगाउनु ठीक हो कि होइन ? आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल हामीकहाँ अहिले पनि उत्तिकै छ । यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप..

कोरोना विरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्र संघलाई उपप्रधानमन्त्रीको ताकेता

२४ वैशाख, काठमाण्डौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोरोना विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नुभएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्र्तगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । ‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स..

सांसदहरुको स्वाब संकलन सुरू

२२ वैशाख, काठमाण्डौँ । प्रतिनिधी सभा र रष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन सुरू गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज बिहान १० बजेदेखि ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिने छ । भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय..

निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुग्यो

२१ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरस संक्रमणको कारण निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ४५ पुगेको छ । गृह मन्त्रालयका अनुसार स्थानीय प्रशासनले ३७ जिल्लामा पूर्ण र ८ जिल्लाका निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरिरहेका छन् । सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली..

नेपालमा आज थपिए ७ हजार २ सय ११ कोरोना संक्रमित, ३०–३९ उमेर समुहका धेरै

१९ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । युवा उमेर समुहकामा संक्रमण बढी देखिएको छ । आज सात हजार दुई सय ११ जना कोरोना संक्रमित थपिएको मध्ये ३० देखी ३९ वर्ष उमेर समुहका संक्रमितको संख्या बढी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २०–२९ वर्ष उमेर समुहको संक्रमितको सख्या १७ सय ६७ रहेको छ । यसैगरी, ४०–४९ वर्ष उमेर समुहको संक्रमितको संख्या १२ सय २०..

खानेपानी मन्त्री थापालाई कोरोना सङ्क्रमण

१७ वैशाख, काठमाण्डौँ । खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उहाँको हिजो स्वाब सङ्कलन गरिएको थियो । उहाँकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो । मन्त्रीसहित उहाँको सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि..

झापाको झापा गाउँपालिका देशकै पहिलो उज्यालो पालिका घोषणा

१७ वैशाख, झापा । झापा जिल्लाको झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरिएको छ । आफ्नो क्षेत्रभित्रका सबै घर, सवै टोल र गाउँगाउँमा बिजुली बत्ती पुर्याउन सफल भए संगै झापा गाउँपालिकालाई उज्यालो पालिका घोषणा गरिएको हो । उज्यालो पालिका बन्ने झापा गाउँपालिका देशकै पहिलो बनेको छ । देशको कुनै पनि पालिका अहिलेसम्म उज्यालो पालिका घोषणा गर्न सफल भएको छैन । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल..

झापामा तत्कालै निषेधाज्ञा जारी हुदैनः प्रजिअ तिम्सिना

१६ वैशाख, झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताउनुभएको छ । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उहाँले निषेधाज्ञा जारी नहुने बताउनुभएको हो । झापामा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २३९ मात्र रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्नु पर्ने प्रजिअ तिम्सिनाको..

मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता लिने सरकारको निर्णय

१५ वैशाख, काठमाण्डौँ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका एक सय २० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सुचना प्रविधीमन्त्री पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।