कम्युनिष्ट पार्टी एक हुनुपर्नेमा माओवादी नेता जनार्दन शर्माको जोड

कम्युनिष्ट पार्टी एक हुनुपर्नेमा माओवादी नेता जनार्दन शर्माको जोड


४ जेष्ठ, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले फेरि पार्टी एकता हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागि राजनैतिक स्थिरता कायम गर्नुपर्नेमा उहाँको जोड छ ।

नेता शर्माले कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्ति, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण विगतमा पार्टी एकता सफल हुन नसकेको समेत बताउनुभएको छ । शर्माले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ–‘लाखौं जनताले अनुमोदन गरेको एकता, त्याग र बलिदान बाट प्राप्त उपलब्धि जनअधिकार, कानुन, विधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भूराजनीतिक प्रभावका कारण सफल हुन सकेन ।’

उहाँले फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तरता दिनुपर्ने उहाँको जोड छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर