समाचार
नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर
१९ चैत्र, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेकपा विवाद बारेको पुनरावलोकन निवेदनमा पहिलेकै फैसला सदर गरिदिएको छ । नेकपाको दर्ता खारेज गर्ने सर्वाेच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले गत मंगलबार रिट दायर गर्नुभएको थियो । सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो । तर अदालतले फाल्गुन २३ कै फैसलालाई सदर गर्दै निस्सा दिन अस्वीकार गरेको हो । तत्कालीन..
चीन सरकारले उपलब्ध गराएको कोरोना खोप ‘भेरोसेल’ काठमाण्डौँ आईपुग्यो
१६ चैत्र, काठमाण्डौँ । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोरोाना महामारी विरुद्धको खोप आज काठमाण्डौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोरोना खोप ‘भेरोसेल’ आज बिहान ९.१५ बजे नेपाल आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ..
आज तराईमा होली पर्व मनाइँदै
१६ चैत्र, विराटनगर । आज तराईका जिल्लाहरुमा होली पर्व मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा हर्षाेलासका साथ मनाइँदैछ । पहाडी जिल्लामा हिजो नै फागु पूर्णिमा अर्थात होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाईदैँ छ । होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम..
बागलुङमा होली खेल्ने क्रममा झडप हुँदा दुुई जनाको मृत्यु
१६ चैत्र, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका होली खेल्ने क्रममा दुुई समूहबीच झडप हुँदा दुुई जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको युवाहरुको दुुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले बताउनुभयो । घटनामा निसीखोलाका केही युवाहरु घाइते भएका छन् । बल्देधुरीमा होलीका..
काठमाण्डौँको मौसममा क्रमिक सुधारः त्रिभुवन विमानस्थलबाट आंशिक उडान
१३ चैत्र, काठमाण्डौँ । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान संञ्चालन भएको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट उडान शुरु भएको जानकारी दिनुभयो । विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फ आठ जहाज अन्यन्त्र मोडिएका छन् । अन्तरराष्ट्रियतर्फ..
कोरोना संक्रमण त्रासः उपत्यकामा उच्च सतर्कता
१२ चैत्र, काठमाण्डौँ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ । उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात..
झापाका करिब ८० हजार भूमिहीन परिवारलाई धनीपुर्जा दिने तयारी
१० चैत्र, झापा । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका झापाका करिब ८० हजार परिवारलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने गरी भूमि सम्बन्धी समस्या समाधान आयोगले काम तीव्र बनाएको छ । आज बिर्तामोडस्थित संवाद समूहको कार्यालयमा भएको छलफलमा आयोगका अध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको रुपमा अनुमानित ८० हजार परिवार रहेको बताउनुभयो । छलफलमा उक्त विषयको सूचनालाई सर्वसाधारणको पहुँचमा सहज रुपमा पुर्याउने, भूमि..
राष्ट्रपति भण्डारी र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेटवार्ता
९ चैत्र, काठमाण्डौँ । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ । आजै बङ्गलादेशका विदेशमन्त्री डा.मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता..
राष्ट्रपति भण्डारी ढाकामा, आजै महत्वपूर्ण भेटवार्ता
९ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राजधानी ढाकामा आइपुग्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थल प्रस्थान गर्नुभएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट उहाँ ढाका पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुभयो..
राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान
९ चैत्र, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गर्नुभएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गर्नुभएको हो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका उपाध्यक्ष गणेशप्रसाद तिमिसिनाका..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७