६ जेष्ठ, काठमाण्डौँ । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी हुनु भएको हो ।
नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता तथा वर्तमान गृहमन्त्री थापालाई एक हजार ७४ मतभारले पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा देवकोटाले पाँच हजार ८८ मतभार प्राप्त गर्नुभयो भने थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभयो ।
यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।